जीवन नेपाली, अर्घाखाँची ।
अखिल (छैठौं) को ‘विद्यालयदेखि विश्वविद्यालय’ अभियान अन्तर्गत अर्घाखाँचीमा संगठन निर्माण एवम् प्रशिक्षण कार्यक्रम जारी छ । सोही क्रममा शुक्रबार भूमिकास्थान–१ को बालशिक्षा माध्यमिक विद्यालयमा प्रशिक्षणात्मक भेला सम्पन्न भएको छ।
भेलामा प्रशिक्षणात्मक मन्तव्य राख्दै अखिल (छैठौं) का केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष जीवन नेपालीले विद्यार्थीले राजनीति गर्न हुन्न भन्ने भ्रमममा नपर्न विद्यार्थीहरुसँग आग्रह गर्नुभयो । विद्यार्थी संगठनले खेलेको भूमिकाकोबारे राम्रोसँग बुझेर संगठनमा आबद्ध हुन आग्रह गर्दै उहाँले अखिल (छैठौं) ले खेलेको भूमिका, नीति, सिद्धान्त, आगामी कार्य योजनाका बारेमा प्रष्ट पार्नु भएको थियो ।
अध्यक्ष नेपालीले अखिल (छैठौं) ले विद्यार्थी आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेको, हत्या, हिंसा, बलात्कार, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, संघीयता, शैक्षिक विकृतिलगायतको विरुद्धमा सबै भन्दा अग्रपंक्तिमा आन्दोलनमा सडकमा उत्रिएको बताउनु भएको थियो
भेलाले दिपशिखा खनालको अध्यक्षतामा ३१ सदस्यीय मूल इकाई समिति गठन गरेको छ। जस्को उपाध्यक्षमा विष्णु खनाल, सचिव अनिसा खनाल, सहसचिव विकास परियार र कोषाध्यक्ष रेश्मा थापा चयन हुनु भयको छ।
प्रशिक्षणात्मक भेला अनिसा अधिकारिको अध्यक्षता र दिपशिखा खनालको सन्चालनमा सम्पन्न भएको थियो ।

