गौर । २ नं. प्रदेशमा अखिल (छैठौं) को प्रदेश समिति गठन भएको छ । केन्द्रीय अध्यक्ष देवेन्द्र कुँवरको विशेष उपस्थितिमा २०७८ पुस १५ गते रौतहटको राजपुर नगरपालिकामा आयोजित भेलाले सो समिति गठन गरेको हो ।
Advertisement
समितिको अध्यक्षमा सन्ध्या भट्टराई (बारा), उपाध्यक्षमा अतिउल्लाख महमद (रौतहट), सचिवमा मञ्जु केसी (बारा), सहसचिवमा हरिओम यादव (बारा) र कोषाध्यक्षमा इन्द्रजित यादव (बारा रहनुभएको छ ।
त्यसैगरी समितिमा मिश्राइल मिया (रौतहट), धमेन्द्रप्रसाद साह (पर्सा), श्याम शाह (पर्सा) र सुदीप सार्की (बारा) रहनुभएको छ ।
भेलाले समितिको दुई स्थान रिक्त राखेको प्राप्त समाचारमा जनाइएको छ ।