• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

माओवादी महाधिवेशनको सन्दर्भमा का. आहुतिले दिएको सुझावमाथि टिप्पणी


  •   बुधबार, पुष १४, २०७८ मा प्रकाशित
  • मनोज भट्ट ##
    २०७८ साल पुस ११ गतेको कान्तिपुर दैनिकमा माओवादी केन्द्रको आठौँ महाधिवेशनको सन्दर्भलाई लिएर “माओवादी महाधिवेशनमा सोधिनुपर्ने सात प्रश्न” शीर्षकमा का. आहुतिको लेख प्रकाशित भएको छ । उक्त लेखमा माओवादी केन्द्रले विगतमा अपनाएका नीतिको समीक्षा र अपनाउनुपर्ने आगामी नीतिका बारेमा का. आहुतिले उठाउनुभएका सबै विषयमा मैले टिप्पणी गर्नुपर्ने कुनै आवश्यकता ठानेको छैन । आफ्नो दृष्टिकोणअनुसार माओवादी केन्द्रको विश्लेषण वा आलोचना गर्न पाउनु का. आहुतिको अधिकारको विषयअन्तर्गत पर्दछ ।

    Advertisement

    माओवादीका सवालमा का. आहुतिले उठाएका विषयमा जवाफ, स्पष्टीकरण दिनुपर्ने वा प्रतिरक्षा गर्नुपर्ने आवश्यकता छैन । मैले जम्माजम्मी का. आहुतिले माओवादी महाधिवेशनमा सहभागी प्रतिनिधिलाई सार्वजनिक रूपले माओवादी नेतृत्वलाई सोध्न आह्वान गरिएका सातओटा प्रश्नमध्येको पहिलो प्रश्न जुन यस प्रकार छ : लेनिनले व्याख्या गरेको युग अब छैन किनकि पुँजीपतिहरू बहुराष्ट्रिय कम्पनीमार्फत एकताबद्ध भए । त्यसैले बितेका ७५ वर्षसम्म तेस्रो विश्वयुद्ध भएन । पुँजीवादको यो नयाँ चौथो चरण हो । तब क्रान्तिको नयाँ रणनीति के ? आहुतिले उठाएको यो विषय सैद्धान्तिक भएकाले यसबारेमा सबै माक्र्सवादी– लेनिनवादीहरूले यसमा सरोकार राख्नु स्वाभाविक नै हो । त्यस अर्थमा नै मैले यो विषयमा टिप्पणी गर्ने जमर्को गरेको छु ।

    का. आहुतिले माओवादीका प्रतिनिधिलाई आफ्नो नेतृत्वलाई प्रश्न सोध्न आह्वान गरिएको विषयलाई मैले टुक्राएर वा अलग अलग गरेर त्यसमाथि चर्चा गर्न चाहान्छु ।

    साम्राज्यवादी पुँजीवाद पुँजीवादको तेस्रो चरण हो, जुन अहिले पनि कायम छ तर का. आहुतिले भनेको पुँजीवादको चौथो चरण कुन हो ? चौथो चरण पुँजीवादी साम्राज्यवादभन्दा बेग्लै हो वा पुँजीवादी साम्राज्यवादअन्तर्गतकै कुनै चरण हो ? कान्तिपुरको सोही लेखमा चौथो चरणको बारे कुनै प्रकाश पारिएको छैन ।

    का. आहुतिले माओवादी प्रतिनिधिलाई सोध्न आह्वान गरिएको प्रश्नमा यो पुँजीवादको चौथो चरण हो भनेर बताउनुभएको छ तर पुँजीवादका विगत तीनओटा चरणहरू के थिए र विद्यमान चौथो चरण कुन हो भनेर का. आहुतिले लेखमा खुलाउनुभएको छैन । ठिकै छ, त्यसलाई हामीले नै बताइदिनु सान्दर्भिक हुने छ ।

    पुँजीवादको पहिलो चरण व्यापारिक पुँजीवादको थियो । बेलायतमा यो व्यापारिक पुँजीवाद सोह्रौँ शताब्दीदेखि त्यहाँ भएको औद्योगिक क्रान्तिसम्म अर्थात् करिब २ सय वर्षसम्म कायम रह्यो । इङ्गल्यान्डमा औद्योगिक क्रान्तिकाल १८१५–१८७१ को अवधिलाई मानिन्छ । यही अवधिमा औद्योगिक पुँजीवादको विकास हुनुका साथै यसले तीव्रता पायो । माक्र्सले यसलाई प्रतिस्पर्धात्मक पुँजीवादी युग पनि भनेका छन् । खुल्ला प्रतिस्पर्धात्मक पुँजीवादलाई माक्र्सको युग पनि भनिन्छ । यो पुँजीवादको दोस्रो चरण हो ।

    बिसौँ शताब्दीको आरम्भसँग पुँजीवादले साम्राज्यवादको रूपधारण गरिसकेको थियो । साम्राज्यवादी पुँजीवाद पुँजीवादको तेस्रो चरण हो, जुन अहिले पनि कायम छ तर का. आहुतिले भनेको पुँजीवादको चौथो चरण कुन हो ? चौथो चरण पुँजीवादी साम्राज्यवादभन्दा बेग्लै हो वा पुँजीवादी साम्राज्यवादअन्तर्गतकै कुनै चरण हो ? कान्तिपुरको सोही लेखमा चौथो चरणको बारे कुनै प्रकाश पारिएको छैन ।

    का. आहुतिसम्बद्ध समूहले भूण्डलीकृत पुँजीवादलाई पुँजीवादको चौथो चरणको रूपमा अथ्र्याएका छन् तर त्यसका साथै लेखकले लेखमा “लेनिनले व्याख्या गरेको युग छैन” भन्नुभएको छ । लेनिनको युग भन्नाले साम्राज्यवाद तथा सर्वहारा क्रान्तिको युग मानिन्छ । लेनिनको युगभित्र एकाधिकार पुँजीवाद अर्थात् साम्राज्यवादी पुँजीवादको चरण पर्दछ । यदि लेखको मतअनुसार लेनिनले व्याख्या गरेको युग समाप्त भयो भनेर मान्ने हो भने भूमण्डलीकृत पुँजीवाद लेनिनको युगभन्दा बेग्लै वा एकाधिकार पुँजीवादभन्दा बेग्लै पुँजीवादी चरण मान्नुपर्ने हुन्छ तर का. आहुतिले सजिलोका लागि भूमण्डलीकृत पुँजीवाद भन्ने शब्दावली प्रयोग गरेको भए पनि यो भूमण्डलीकृत साम्राज्यवाद नै हो, जुन १९८० को दशकपछि साम्राज्यवादी मुलुकहरूले विश्वका कैयौँ मुलुकलाई साम्राज्यवादअन्तर्गत ल्याउनका लागि ती मुलुकमा आफूअनुकूलको राजनीतिक व्यवस्था, आर्थिक प्रणाली, सामाजिक तथा सांस्कृतिक पक्षलाई संरचनागत रूपले साम्राज्यवादी स्वार्थअनुकूल बनाउँदै लगेर शोषणको नयाँ रूप ती कमजोर मुलुकमाथि थोपरेका छन् । त्यसैले आहुतिले भन्नुभएको भूमण्डलीकृत पुँजीवाद वा साम्राज्यवाद त लेनिनको युगभन्दा बाहिरको विषय भएन ।

    हिजो पूर्ण मानव श्रमलाई मेसिनले कटौति गरेर मानव तथा मेसिनको संयुक्त श्रमबाट उत्पादनमा भाग लिन्थे भने भूमण्डलीकृत साम्राज्यवादको युगमा प्रविधिमा भएको उच्च विकासका कारण मेसिन सञ्चालन गर्नका लागि प्रयोग हुने हजारौँ मजदुरको श्रमशक्तिको ठाउँमा एक जना कम्प्युटर सञ्चालकले त्यो ठाउँ लिने भएता पनि त्यसबाट आम मजदुरको मजदुरी कटौति हुने, बेरोजगारी तथा गरिबी बढ्ने त साम्राज्यवादको विशेषताभित्रै पर्यो ।

    निश्चित रूपले पुँजीवादको विकासको ५ सय वर्षका दौरान पुँजीवादले आफूभित्र उत्पन्न भएका अन्तरविरोधलाई छल्दै वा पुँजीवादी व्यवस्थाभित्र लगातार देखा पर्ने अन्तरविरोध वा समस्यालाई समाधान गर्न पुँजीवादले कैयौँ नयाँ उपाय वा तरिका अवलम्बन गर्दै यहाँसम्म आइपुगेको छ । यो दौरान साम्राज्यवादका कैयौँ पुराना रूपमा परिवर्तन भएर नयाँ नयाँ रूप अगाडि आएका छन् तर आधारभूत रूपले साम्राज्यवादी पुँजीवादको चरण कायमै छ । पहिले साम्राज्यवादले मालको उत्पादनको केन्द्रीकरण र त्यसलाई विभिन्न देशको बजारमा निर्यात गथ्र्यो भने पछिल्लो अवस्थामा मालको निर्यातको ठाउँमा पुँजी निर्यातले लिएको छ । त्यसैगरी साम्राज्यवादले औद्योगिक उत्पादनको जोड दिन्थ्यो भने अहिले आएर सेवाको क्षेत्रमा पनि एकाधिकार पुँजीवाद जबर्जस्त रूपमा देखा परेको छ । निश्चित रूपले भूमण्डलीकरणका कारण साम्राज्यवादी शक्तिहरूलाई विज्ञान, प्रविधि, इन्टरनेट र डिजिटलको विकासले आफ्नो साम्राज्य फैलाउन थप सजिलो बनाएको छ । हिजो पूर्ण मानव श्रमलाई मेसिनले कटौति गरेर मानव तथा मेसिनको संयुक्त श्रमबाट उत्पादनमा भाग लिन्थे भने भूमण्डलीकृत साम्राज्यवादको युगमा प्रविधिमा भएको उच्च विकासका कारण मेसिन सञ्चालन गर्नका लागि प्रयोग हुने हजारौँ मजदुरको श्रमशक्तिको ठाउँमा एक जना कम्प्युटर सञ्चालकले त्यो ठाउँ लिने भएता पनि त्यसबाट आम मजदुरको मजदुरी कटौति हुने, बेरोजगारी तथा गरिबी बढ्ने त साम्राज्यवादको विशेषताभित्रै पर्यो । साम्राज्यवादले ठुलो सङ्ख्यामा मजदुरको कटौति, बेरोजगारी र गरिबी पैदा गर्छ ।

    लेनिनले “साम्राज्यवाद : पुँजीवादको उच्चतर अवस्था” नामक पुस्तक लेखेको झन्डै १०५ वर्ष पुग्दै छ । यो १०५ वर्षको दौरान विश्वस्तरमा राजनीति र अर्थशास्त्रलाई प्रभावित पार्ने कैयौँ घटना घटेका छन् । टेक्नोलोजी र विज्ञानको क्षेत्रमा तीव्र विकास भएको छ । लेनिनले साम्राज्यवादसम्बन्धी कृति लेखेको झन्डै १०५ वर्षको अवधिमा साम्राज्यवादका कैयौँ नयाँ नयाँ विशेषता देखा पर्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न तर साम्राज्यवादको व्याख्या गर्दै त्यससम्बन्धी लेनिनले अगाडि सारेका विशेषता आधारभूत रूपमा सही छन् । एकाधिकार वा साम्राज्यवादी पुँजीवादको ठाउँमा अन्य कुनै रूपको पुँजीवादले विकास गरेको देखिँदैन ।

    भूमण्डलीकृत पुँजीवाद पनि एकाधिकार पुँजीवाद अर्थात् साम्राज्यवादी पुँजीवादकै एउटा रूप हो । भूमण्डलीकृत पुँजीवाद साम्राज्यवादी पुँजीवादीभन्दा बेग्लै चरण नभएर यसैअन्तर्गतको विषय हो । त्यसैले लेनिनको युग समाप्त भएको वा भूमण्डलीकृत पुँजीवाद पुँजीवादको चौथो चरण भएको कुरा तर्कसम्मत भएन ।

    लेनिनले साम्राज्यवादको व्याख्या गर्दै भनेका छन्– “साम्राज्यवादमा पुँजीवादका सम्पूर्ण लक्षणहरू यथावत नै रहन्छन् । पुँजीवादभित्रका मूलभूत अन्तरविरोध पनि कायम रहन्छन् तर केही विशिष्ट प्रकारका विशेषता वा लक्षण देखा पर्दछन्, जसले पुँजीवादी विकासको पूर्ववर्ती अवस्थाभन्दा उसलाई भिन्न बनाइदिन्छ” अर्थात् पुँजीवादको विकासको क्रममा देखिने विशिष्ट प्रकारका विशेषता वा लक्षणले नै एकाधिकार पुँजीवादलाई जन्म दिएको हो ।

    भूमण्डलीकृत पुँजीवाद पनि एकाधिकार पुँजीवाद अर्थात् साम्राज्यवादी पुँजीवादकै एउटा रूप हो । भूमण्डलीकृत पुँजीवाद साम्राज्यवादी पुँजीवादीभन्दा बेग्लै चरण नभएर यसैअन्तर्गतको विषय हो । त्यसैले लेनिनको युग समाप्त भएको वा भूमण्डलीकृत पुँजीवाद पुँजीवादको चौथो चरण भएको कुरा तर्कसम्मत भएन ।

    अर्काको देशमा गएर आफ्नो उपनिवेश स्थापना गर्ने र त्यो देशमा कम पुँजी लगानी गरेर बढी नाफा कमाउने, त्यो देशको पुँजी लुटेर आफ्नो देशमा लगानी गर्ने राष्ट्रहरूले भूमण्डलीकरणको नीति बनाएर लागु गरेका छन् । भूमण्डलीकरणको नीति भनेको एकै ठाउँमा बसेर सारा विश्वको पुँजी लुट्ने उद्देश्यद्वारा निर्देशित छ । यो पनि साम्राज्यवादी पुँजीवादको एउटा रूप हो । साम्राज्यवादी पुँजीवादको चरित्र र विशेषताभन्दा बेग्लै चिज होइन । भूमण्डलीकरणको विकास सन् १९८० को दशकदेखि सुरु भएको हो । भूमण्डलीकरण मुख्यतया विकसित देशमा केन्द्रीकृत छ । ठुला साम्राज्यवादी देशहरू पृथ्वीको प्राकृतिक श्रोतको ८० प्रतिशतभन्दा बढी उपयोग गर्छन् । नवीनतम प्रविधिमा तिनीहरूको नियन्त्रण र विकासशील देशहरू प्रविधि, पुँजी, सिप र हतियारका लागि यी देशमा निर्भर छन् । सञ्चार र सूचनामा आएका अभूतपूर्व विकासको परिणाम भूमण्डलीकरणले तीव्रता पाएको छ । ठुला बहुराष्ट्रिय कम्पनी वा अन्तर्राष्ट्रिय समूहको हातमा पुँजीको अथाह केन्द्रीकरणमा भएको छ ।

    भूमण्डलीकरण पनि एकाधिकारको उद्देश्यमाथि आधारित छ । विश्वभरिका पेट्रोल र अन्य खनिज पदार्थ, औषधी, ऊर्जा, यातायातका साधन, खाद्य बजार, सूचना र कम्प्युटर प्रविधि, वित्तीय संस्था जस्ता बढी नाफाजन्य उद्योगको ५० देखि ९० प्रतिशतसम्म पाँचदशओटा ठुला कम्पनीको हातमा रहेको छ । यो एकाधिकार पुँजीवादको आधारभूत विशेषता हो ।

    जहाँसम्म बहुराष्ट्रिय कम्पनीहरूको सवाल छ, ठुला बहुराष्ट्रिय कम्पनीमध्ये ५ सयभन्दा बढी जापान, अमेरिका, युरोपका विकसित मुलुकमा केन्द्रित छन् । बहुराष्ट्रिय कम्पनीका सातओटा प्रधान कार्यालय त चीनमा पनि रहेका छन् । यिनीहरूले उत्पादन तथा कारोबार जहाँ गरे पनि त्यहाँबाट आर्जित नाफा हेडक्वाटरतर्फ हस्तान्तरण भइरहेको छ । 

    जहाँसम्म बहुराष्ट्रिय कम्पनीहरूको सवाल छ, ठुला बहुराष्ट्रिय कम्पनीमध्ये ५ सयभन्दा बढी जापान, अमेरिका, युरोपका विकसित मुलुकमा केन्द्रित छन् । बहुराष्ट्रिय कम्पनीका सातओटा प्रधान कार्यालय त चीनमा पनि रहेका छन् । यिनीहरूले उत्पादन तथा कारोबार जहाँ गरे पनि त्यहाँबाट आर्जित नाफा हेडक्वाटरतर्फ हस्तान्तरण भइरहेको छ । आफ्नै देशको सिपयुक्त जनशक्ति उपयोग गर्छन् । गन्तव्य मुलुकको सस्तो श्रम मात्र उपयोग भएको छ । यी बहुराष्ट्रिय कम्पनी पनि एकाधिकारी चरित्र तथा विशेषता बोकेका छन् ।

    औद्योगिक पुँजीवादको चरणमा उत्पादन र मूल्यलाई नियन्त्रण गर्नका लागि पुँजीपतिहरू सम्मिलित संयुक्त लगानीका ट्रस्ट र पुँजीपतिका संयुक्त सङ्गठन देखा परेका थिए । यी ट्रस्ट र पुँजीपतिका सङ्गठनहरू एकाधिकार पुँजीवादका भ्रुण रूप थिए । एकाधिकार पुँजीवादको विकासका साथ साथै पुँजीपतिका ट्रस्ट, सिन्डिकेट, कार्टेल तथा कर्पोरेटको निर्माण र विकास हुन्छ र तिनीहरूले एकापसमा पहिला आफ्नो मुलुकको बजारलाई बाँडफाँड गर्दै अन्तर्राष्ट्रिय मण्डी (बजार) मा पुग्छन् । त्यहाँको मण्डीलाई पनि एकापसमा बाँडेर एकाधिकार कायम गर्छन् । बहुराष्ट्रिय कम्पनी पनि त्यसैको एउटा विकसित तथा आधुनिक रूप हो ।

    बहुराष्ट्रिय कम्पनी उत्पादन र सेवा दुईटै क्षेत्रमा कार्यरत छन् । बहुराष्ट्रिय कम्पनीमा पनि उत्पादन तथा सेवाको क्षेत्रमा लाखौँ मजदुर तथा कर्मचारीले काम गर्दछन् । बहुराष्ट्रिय कम्पनीमा साम्राज्यवादका प्रमुख विशेषतामध्ये उत्पादन र पुँजीको केन्द्रीकरण सजिलै देख्न सकिन्छ । त्यसैले अहिलेको भूमण्डलीकृत पुँजीवाद पनि साम्राज्यवादी पुँजीवाद नै हो । साम्राज्यवाद र सर्वहारा क्रान्ति लेनिनको युगभित्र नै पर्दछ । त्यस अर्थमा लेनिनको युग समाप्त भएको भनेर भन्नु लेनिनवादलाई परित्याग गर्नु वा उपेक्षा गर्नु हो किनभने लेनिनवाद लेनिनको युगको माक्र्सवाद हो । यसले वर्तमान समाज विकासको चरण तथा क्रान्तिलाई दिशाबोध गरिरहेको छ ।

    बुधबार, पुष १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.