• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

माओवादी केन्द्रका प्रतिनिधिको माग : पदाधिकारी हलबाटै चयन गरियोस्

  •   बुधबार, पुष १४, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महाधिवेशन प्रतिनिधिले पदाधिकारी हलबाटै चयन गर्न माग गरेका छन् । पार्टीको काठमाडौंमा जारी आठौं महाधिवेशनमा समूहगत सुझाव पेश गर्दै प्रतिनिधिहरुले पदाधिकारी चयन गर्न पाउनुपर्ने माग गरेका हुन् ।

    Advertisement

    महआधिवेशन हलबाट केन्द्रीय समिति र अध्यक्ष मात्र चयन गर्ने चर्चा चलेपछि प्रतिनिधिहरुले पदाधिकारी पनि हलबाटै चयन गर्न माग राखेका छन् ।

    कर्णाली प्रदेशबाट आफ्नो समूहको सुझाव पेश गर्दै बिमला केसीले बन्दसत्र चलिरहेको हलबाटै अध्यक्ष सहितको पदाधिकारी चयन गर्न माग गर्नुभयो ।

    ‘यही हलबाट पार्टीको पदाधिकारी चयन गरियोस, त्यसका लागि प्रक्रिया थालिनुपर्छ’ समूहको सुझाव पेश गर्दै केसीले भन्नुभयो्, ‘महाधिवेशन हलबाट सबै पदाधिकारी टुंगो लगाउनु पर्छ। पछिलाई राख्न पाइँदैन।’

    आठौं महाधिवेशन अन्तर्गत जारी बन्द सत्रमा अध्यक्ष प्रचण्डले सोमबार पेश गरेको राजनीतिक प्रतिवेदनमाथि सुझाव दिन बनाइएको २५ समूहबाट सुझाव दिने क्रम जारी छ । मंगलबारदेखि समूहले छलफल गरेर आज टोली नेताले प्रचण्डसहितका नेताहरू समक्ष सुझाव प्रस्तुत गरेका हुन्।

    माओवादी नेतृत्वले बन्दसत्रको हलबाट केन्द्रीय सदस्यहरु मात्रै टुंगो लगाउने र केन्द्रीय समिति बैठकले पदाधिकारी चयन गर्ने गरी तयारी गरेको छ । तर, प्रतिनिधिहरुले हलबाट अध्यक्षसहितका सबै पदाधिकारी चयन गर्नुपर्ने बताएका छन् ।

    माओवादीले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष गरी १५ जना पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्माण गर्न प्रस्ताव गरेको छ ।

    ११ समूहले दिए सुझाव
    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि बुधबार ११ समूहले सुझाव पेश गरेका छन् । प्रतिवेदन अध्ययन गरी सुझाव पेश गर्न बनाइएका २५ मध्ये ११ समूहले सुझाव दिएका हुन् ।

    बाँकी १४ समूहले भोलि बिहीबार आफ्नो समूहमा उठेको सुझाव र प्रतिक्रिया प्रस्तुत गर्नेछन् । आठौं राष्ट्रिय महाधिवेशनमा प्रचण्डले सोमबार ४५ पृष्ठको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    बुधबार, पुष १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.