रौतहट । रौतहटमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ।
Advertisement
चन्द्रपुर–गौर सडक खण्डमा भारतीय बीआर ०५ पीए ६९५३ नम्बरको भारतीय स्कारपियो दुर्घटनामा परेको हो।
गरुडाको शिवदर्शन हस्पिटल, हेल्थ लाइन हस्पिटल र ग्राण्डी हस्पिटलमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो।
मृतकको शव पोस्टमार्टमको लागि ग्रान्डी र हेल्थ लाइन अस्पतालमा राखिएको छ।
नौ जना सवार भारतीय नम्बर प्लेटको गाडी दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्। दुई जना घाइतेको ग्राण्डीमा उपचार भइरहेको र एक जनालाई उपचारको लागि वीरगन्ज रिफर गरिएको छ।
सो गाडी जन्ती बोकेर रौतहटको गढीमाइ नगरपालिका–३ नरकटियनबाट गम्हरियातर्फ आउँदै थियो। गाडीमा सवार सबै मुस्लिम समुदायका नेपाली रहेको छन् ।