धनगढी । अनेरास्ववियु (छैठौं) सुदूरपश्चिम प्रदेशको अध्यक्षमा टंक प्रसाद अवस्थी चयन हुनुभएको छ । शनिबार कैलालीको अत्तरियामा सम्पन्न भेलाले अवस्थीको अध्यक्षतामा प्रदेश समिति पुनर्गठन गरेको हो ।
नवनिर्वाचित २१ सदस्यीय समितिको उपाध्यक्षमा कर्म जोशी, सचिव सम्पदा जोशी, सहसचिव दीपक कार्की र कोषाध्यक्ष अजय विक चयन हुनुभएको छ । सचिवालय सदस्यमा पवन विष्ट र विकास ऐर रहनुभएको छ ।
सदस्यहरुमा गणेश ऐरी, हिमाल बोहरा, प्रिया ताम्राकार, माया अवस्थी, ज्योति रावत, घनश्याम रोस्यारा, विमल रोस्यारा, लक्ष्मी पुनमगर, कसिवराज थापा, जनक तिमिल्सेना, चिरञ्जिीवी तिमिल्सेना, योगेन्द्र भट्टराई, सुरेन्द्र विक, भरत धामी र धनराज अवस्थी चयन हुनुभएको छ ।
अखिल (छैठौं) का केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम ईन्चार्ज हेमराज भट्टले उद्घाटन गर्नुभएको सो भेलामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टले प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो । सो क्रममा राजमो नेता भट्टले विद्यार्थीहरुले समाजलाई बुझ्न र गरिखाने वर्गको पक्षमा राज्यव्यवस्था बदल्न राजनीतिमा सक्रिय हुनुपर्छ भन्दै सही नीति, विचार र सिद्धान्तले मात्रै समाज परिवर्तन सम्भव हुने बताउनुभयो ।

उहाँले कम्युनिष्ट आन्दोलनमा बेलाबेलामा विभिन्न भड्कावहरु आउनसक्नेतर्फ विद्यार्थीलाई सचेत गराउनुभयो । तर, हरेक अवसरवादका विरुद्ध सम्झौताहीन संघर्ष गरेर मात्रै क्रान्तिकारी आन्दोलनको रक्षा गर्न सकिने भट्टले बताउनुभयो ।
कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय कोषाध्यक्ष खडक बहादुर राना, नेकपा (मसाल) कैलाली जिल्ला प्रवक्ता मिलन शाही, राजमो कैलाली उपाध्यक्ष जय बहादुर विक, सचिव जगत प्रसाद जोशी, राजमो कंचनपुरका सहसचिव लाल बहादुर कुँवर, अखिल (छैठौं) का केन्द्रीय सचिवालय सदस्य भीमराज जोशीलगायत नेताहरुको आतिथ्यता रहेको थियो ।
सम्पदा जोशीको अध्यक्षता तथा टंक अवस्थीको संचालनमा अघि बढेको कार्यक्रममा, अजय विकले स्वागत गर्नुभएको थियो ।