• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

पाँच महिनामा वैदेशिक व्यापार ६३ प्रतिशतले वृद्धि


  •   बिहिबार, पुष ०८, २०७८ मा प्रकाशित
  • नवीन पौडेल,काठमाडौं ।
    चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा मुलुकको वैदेशिक व्यापार ६३ दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ ।

    Advertisement

    गत आवको सुरुको पाँच महिनामा रु पाँच खर्ब ७५ अर्ब रहेको मुलुुकको वैदेशिक व्यापार चालू आवको सोही अवधिमा रु नौ खर्ब ४१ अर्ब पुगेको छ ।

    भन्सार विभागद्वारा आज यहाँ जारी पछिल्लो तथ्यांकनुसार गत आवका तुलनामा आयात ५९ दशमलव ५५ प्रतिशतले बढेको छ । गत आवको पहिलो पाँच महिनामा रु पाँच खर्ब २५ अर्ब मूल्य बराबरको आयात भएकामा चालू आवको मङ्सिर मसान्तसम्म रु आठ खर्ब ३८ अर्ब पुगेको छ ।

    त्यस्तै गत आवको पहिलो पाँच महिनाका तुलनामा चालू आवको निर्यात १०५ दशमलव ६१ प्रतिशतले बढेको छ । गत आवको मङ्सिर मसान्तसम्म रु ५० अर्ब पाँच करोड बराबरको निर्यात भएकामा चालू आवको समीक्षा अवधिमा रु एक खर्ब दुई अर्ब बराबरकोे निर्यात भएको छ ।

    विभागकाअनुसार चालू आवको पहिलो पाँच महिनासम्मको अवधिमा वैदेशिक व्यापारमा वृद्धि भए तापनि मुलुकको व्यापार घाटा भने अघिल्लो आवको तुलनामा ५४ दशमलव ७ प्रतिशतले बढेर रु सात खर्ब ३५ अर्ब पुगेको छ । गत आवको पहिलो पाँच महिनामा व्यापार घाटा रु चार खर्ब ७५ अर्ब थियो ।

    मुलुकको कूल वैदेशिक व्यापारमा गत आवको पहिलो पाँच महिनासम्म आयातको हिस्सा ९१ दशमलव तीन प्रतिशत रहेकामा यस्तो हिस्सा दुई दशमलव ४५ प्रतिशतले घटेर चालू आवमा ८९ दशमलव ०७ प्रतिशतमा आएको छ ।

    त्यस्तै वैदेशिक व्यापारमा निर्यातको हिस्सा २५ दशमलव ७२ प्रतिशतले बढेर १० दशमलव ९३ प्रतिशत पुगेको छ । यस्तो हिस्सा अघिल्लो आवको पहिलो पाँच महिनामा आठ दशमलव सात प्रतिशत थियो ।

    चालू आवको पहिलो पाँच महिनामा मुलुकको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थमध्ये सबैभन्दा बढी डिजेल आयात भएको विभागले जनाएको छ । चालू आवको मंसिर महिनासम्म रु ४९ अर्ब दुई करोड बराबरको डिजेल आयात भएको देखिन्छ ।

    त्यस्तै आयातमा भटमासको कच्चा तेल दोस्रामा छ । नेपालमा व्यवसायीले विभिन्न मुलुकबाट भटमासको कच्चा तेल आयात गरी प्रशोधन गरेर पुुनःनिर्यात गर्दै आएका छन् । चालू आवको पहिलो पाँच महिनामा रु ३३ अर्ब ६६ करोड मूल्य बराबरको करिब ९८ करोड लिटरभन्दा बढी भटमासको तेल आयात भएकोे देखिन्छ । त्यस्तै पाम आयल रु २४ अर्ब ६१ करोड, पेट्रोल रु २४ अर्ब १० करोड र एलपी ग्यास रु २३ अर्ब ११ करोड तथा टेलिफोन रु २० अर्ब ३५ करोडको आयात भएको विभागले जनाएको छ ।

    त्यस्तै नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै देखिएको छ । विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकनुसार स्वदेशबाट रु ३० अर्ब ५५ करोड बराबरको भटमासको तेल निर्यात भएको छ । व्यवसायीले भटमासको कच्चा पदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर निर्यात गर्ने गरेकाले यहाँको वैदेशिक व्यापारमा भटमासको तेलले योगदान गरेको देखिन्छ । सबैभन्दा बढी निर्यात हुने वस्तुमध्ये पाम तेल पनि एक हो । भटमासको तेत जस्तै पाम तेल पनि कच्चापदार्थ आयात गरी प्रशोधनपश्चात् निर्यात हुने गरेको छ । सार्वजनिक विवरणानुसार चालू आवको पहिलो पाँच महिनासम्म रु २७ अर्ब ४२ करोड मूल्य बराबरको पाम तेल निर्यात भएको छ ।

    त्यस्तै रु तीन अर्ब ७३ करोड बराबरकोे गलैँचा तथा रु दुई अर्ब ६५ करोड मूल्य बराबरका जुटका बुनिएका तथा अन्य कपडा निर्यात भएको विभागको तथ्याङ्क छ । सार्वजनिक तथ्याङ्कानुसार चालू आवको पहिलो पाँच महिनामा नेपालले भारतबाट करिब पाँच खर्ब तीन करोड मूल्य बराबरका वस्तु आयात गरेको देखिन्छ भने रु ८४ अर्ब १५ करोड मूल्य बराबरको वस्तु निर्यात गरेको छ ।

    सोअनुसार नेपालको व्यापार घाटा भारतसँग मात्रै रु चार खर्ब १५ अर्बभन्दा धेरै रहेको देखिन्छ । त्यस्तै नेपालले चीनबाट रु एक खर्ब २२ अर्ब मूल्य बराबरका वस्तु आयात गरेकामा रु ३८ करोड १६ लाख मूल्य बराबरको वस्तु निर्यात गरेको देखिन्छ ।

    विभागको विवरणानुसार सबैभन्दा धेरै वीरगञ्ज नाकाबाट रु दुई खर्ब ९० अर्बभन्दा बढी मूल्य बराबरको आयात भएको छ । त्यस्तै भैरहवा नाकाबाट रु एक खर्ब ३६ र त्रिभुवन विमानस्थल नाकाबाट रु एक खर्ब पाँच अर्बभन्दा बढी मूल्य बराबरका वस्तु आयात भएको देखिन्छ । नेपालले वीरगञ्ज भन्सारबाट रु ४९ अर्ब ४१ करोड, विराटनगर भन्सारबाट रु २८ अर्ब ५६ करोड तथा त्रिभुवन विमानस्थल नाकाबाट रु १४ अर्ब ४१ करोडभन्दा बढी मूल्य बराबरका वस्तु विदेश निर्यात गरेको छ ।(रासस)

    बिहिबार, पुष ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

    • २.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • ३.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ४.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ५.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ६.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ७.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ८.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.