बाँके । राष्ट्रिय जनमोर्चा सहित आठ राजनीतिक दलको आयोजनामा कोहलपुरमा एमसीसी विरुद्व विरोधसभा सम्पन्न भएको छ ।
विरोधसभा पूर्व कोहलपुरबाट जुलुस सुरु भएको थियो । बजार परिक्रममा गरे पछि सो जुलुस साझा चोकमा पुगे पछि विरोध सभामा परिणत भएको हो ।

सभालाई राष्ट्रिय जनमोर्चाका प्रतिनिधि तथा अखिल नेपालयुवक सङ्घका महासचिव कृष्णराज पाण्डेले सम्बोधन गर्दै एमसीसी राष्ट्रघाती भएकाले त्यसलाई कुनै पनि हालतमा खारेज गर्नुपर्ने बताउनुभयो । उहाँले त्यसका लागि देशव्यापी सशक्त आन्दोलन अहिलेको आवश्यकता भएको बताउनुभयो ।
देशभक्त जनगणतान्त्रिक मोर्चा बाँकेका अध्यक्ष् ालक्ष्मी चौलागाईंको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी ) का केन्द्रीय सदस्य तथा बाँके बर्दिया इन्चार्ज तेज बिक्रम शाही र नेकपाका कोहलपुर नगर इन्चार्ज कृष्ण शाहीले पनि मन्तव्य राख्नुभएको थियो ।