काठमाडौं । नियमित स्वास्थ्य परीक्षण गराउन त्रिवि शिक्षण अस्पताल पुगेका प्रधानमन्त्री केपी ओली अस्पताल भनाए भएका छन् ।
Advertisement
मिर्गौला रोगबाट पीडित ओलीलाई मंगलबार बिहानै त्रिवि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियो थोरासिक, भास्कुल एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।
प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्कसका अनुसार प्रधानमन्त्रीलाई ‘डायरिया’ देखिएकाले भर्ना गरेर उपचार थालिएको छ । उनलाई सोमबार रातभर झाडावान्ता भएको बताइएको छ ।
यसअघि प्रधानमन्त्री ओलीले ग्रान्डी अस्पतालमा चारपटक मिर्गौलाको डायलासिस गराएका थिए ।