डडेलधुरा । डडेलधुराको नवदुर्गा–१ मा राष्ट्रिय जनमोर्चाको वडा भेला सम्पन्न भएको छ ।
Advertisement
राजमो केन्द्रीय सदस्य तथा राजमो सुदूर पश्चिम प्रदेशका अध्यक्ष नन्दराज भट्ट, राजमो डडेलधुराका सचिव रामचन्द धिक्त र अखिल (छैठौं) का केन्द्रीय सचिवालय सदस्य हेमराज भट्टको विशेष उपस्थितिमा २०७८ पुस ५ गते सो भेला सम्पन्न भएको हो ।
भेलाले कुशुमराज भट्ट संयोजक र इन्द्रबहादुर बोहरा सहसंयोजक रहनुभएको राजमोको वडा समिति चयन गरेको छ । समितिमा तुलाराम रोस्यारा, गङ्गा ताम्राकार, भीमबहादुर दमाई, चन्द्रसिंह रैकाल, रुद्रप्रसाद भट्ट, भगी भुल, जोगसिंह ऐर, राजुदेवी रोस्यारा र लोकराज भट्ट सदस्य रहनुभएको छ ।