• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

भोपाल विस्तारित बैठकको सम्झना


  •   आइतबार, पुष ०४, २०७८ मा प्रकाशित
  • बेलबहादुर रजाली मगर ##
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक यही दिसम्बर १२, २०२१ का दिन मध्यप्रदेशको राजधानी भोपालमा सम्पन्न भयो । यो विस्तारित बैठकले मूल प्रवाहको आठौँ अखिल भारत सम्मेलन फेबु्रअरी २७, २८ र मार्चा १ (२०२२) मा सम्पन्न पार्ने निर्णय गरेको छ भने सम्मेलन सफल पार्न केन्द्रीय अध्यक्ष दुर्गाबहादुर केसी संयोजक रहनुभएको ६९९ सदस्यीय सम्मेलन तयारी समिति गठन भएको छ ।

    Advertisement

    मैले यो विस्तारित बैठक अलि विशेष खालको महसुस गरेँ । बैठक सिद्धिएपछि सबै साथीहरू आआफ्नो कार्यस्थलमा फर्किसकेका छन । तर बैठकका अविस्मरणीय पलहरू अझै आँखाअगाडि घुमिरहेका छन । त्यसैले दुईचार शब्द कोर्न बसेको छु ।

    भोपाल रवाना हुनुभन्दा पहिला मनमा केही शङ्का–उपशङ्का थिए । अहिलेको परिवेशमा कार्यक्रम कसरी सम्पन्न हुन्छ ? अराजक र फुटपरस्त गतिविधि गरिरहेकाहरूले सङ्गठनलाई कुन कुन ठाउँमा असर पारेका छन् ? कार्यक्रममा प्रतिनिधि थोरै आउँछन कि ? यस्तै कुराहरू मनभित्र खेलिरहेका थिए ।

    यसैमाझ म जयपुरबाट १० डिसेम्बरका दिन बेलुकी ७ः३० बजे भोपालका लागि ट्रेन चढेँ । मसँग मूल प्रवाहका केन्द्रीय सदस्य तथा पुराना पाका नेता मोहन गिरी पनि हुनुहुन्थ्यो । ट्रेनमा चढिसकेपछि मैले मोहन गिरीसँग आफ्ना यिनै जिज्ञासाहरू राखेँ । जवाफमा मोहनजीले यो कुनै नौलो कुरो नभएको बताउनुभयो । मूल प्रवाहको इतिहासमा यस्ता घटना बारम्बार भइरहेको र त्यसका विरुद्ध सम्झौताहीन सङ्घर्ष गर्दै मूल प्रवाह आज यो स्थानमा पुग्न सफल भएको बताउनुभयो ।

    हुन त म आफैले मूल प्रवाहको हरेक गतिविधिलाई नजिकबाट नियाल्ने मौका पाएको छु । म दिल्लीमा भएको मूल प्रवाहको चौथो अखिल भारत सम्मेलनमा दर्शकको रूपमा र हैदरावादमा भएको पाँचौँ तथा फरिदावादमा भएको छैटौँ अखिल भारत सम्मेलनमा प्रतिनिधिको रूपमा सहभागी भएको छु । लखनऊमा भएको सातौँ सम्मेलनमा भने म सहभागी हुन सकिनँ ।

    चौथो अखिल भारत सम्मेलनबाट अध्यक्ष हुनुभएका लीलानाथ कुशुमजीको माओवादीमा प्रवेश, त्यसपछि पुनः मसालमै फिर्ता, प्रेम पौडेलको बहिर्गमनपछि पुनः मूल प्रवाहमै फिर्ता, डिलाराम आचार्य, गिरधारीलाल न्यौपाने, कमल खनालहरूको बहिर्गमन—यी सबै गतिविधिलाई नजिकबाट नियाल्ने पर्याप्त अवसर पाएको छु ।

    मनमा अनेकौँ कुरा खेलिरहेका थिए । ट्रेन आफ्नै गतिमा अगाडि बढिरहेको थियो । मेरो ठिक अगाडिको सिटमा मोहन गिरीजी मस्तसँग निदाइरहनुभएको थियो । आखिरमा ट्रेन निश्चित समयमा बिहान ७ः३० बजे आफ्नो गन्तव्य अर्थात मध्यप्रदेशको राजधानी भोपालको रानी कमलापति रेल्वे स्टेसनमा रोकियो ।

    भोपाल सहर मेरा लागि नयाँ भएकाले हिँड्नुभन्दा पहिल्यै महासचिव ठाकुर खनालसँग भोपाल उत्रिसकेपछि कुन ठाउँमा आउनुपर्छ भनेर सोधेको थिएँ । उहाँले भोपाल जङ्क्सनबाट अलि टाढा पर्छ तर रानी कमलापति स्टेसनबाट नजिक पर्छ, ट्रेनबाट झरेपछि फोन गर्नू भन्नुभएको थियो ।

    हामी चढेको ट्रेन रानी कमलापति स्टेसनमा रोकिने रहेछ र हामीलाई सजिलो भयो । रानी कमलापति रेल्वे स्टेसन एसियाकै टप रेल्वे स्टेसनमा पर्ने रहेछ । जताततै एकदम सफा, शान्त र सुन्दर स्टेसन रहेछ । केही समयपहिला सम्म यसको नाम हबिबगञ्ज थियो रे । हालै भारतको मोदी सरकारले यसको नाम परिवर्तन गरी रानी कमलापति राखिदिएको रहेछ । यसबाट पनि मोदी सरकारको कट्टर हिन्दुत्ववादी नीतिलाई बुझ्न सकिन्छ ।

    मैले ट्रेनबाट झरेपछि ठाकुरजीलाई फोन गरेँ । उहाँले अटोरिक्सामा १० नम्बर आउनुस् भन्नुभयो । त्यहाँ ठाउँको नाम नम्बरको हिसाबले हुँदो रहेछ । ठाकुरजीले १० नम्बरको चोकमा आउनुस् भन्नुभयो । केन्द्रीय समितिको बैठक हुने ठाउँ १० नम्बरमा रहेछ भने विस्तारित बैठक हुने ठाउँ अलि पर ११ नम्बरमा रहेछ ।

    १० नम्बरमा पुग्दा बाहिर बाटोमै पन्जाबको जालन्धरबाट जानुभएका केन्द्रीय सदस्य मित्र कुलबहादुर बगालेजी तथा जालन्धरकै अर्का साथी धनबहादुर गोर्खालीलगायत अन्य साथीहरू पनि भेटिनुभयो । सबैसित हार्दिकताका साथ हात मिलायौँ र नयाँ साथीहरूसित परिचय ग-यौँ । केही अगाडि पन्जाबकै चन्डीगढबाट जानु भएका खिमराज चालिसे, बिनुकुमारजीहरूको टोलीसँग भेट भयो । उहाँहरू सबै बिहान सबेरै पुगिसक्नुभएको रहेछ ।

    बैठक स्थानमा पुगेपछि सबैसँग भेट गरी चिया खाई केही समयका लागि घुम्न भनी निस्कियौँ । बाहिर चोकमा महाराष्ट्रबाट जानुभएका साथीहरू खुमबहादुर पुन, अनन्त राहाडीलगायतका साथीहरूको टोलीसँग भेट भयो । सबैसँग हात मिलायौँ । त्यहाँ हामीले केही बेर घाम ताप्यौँ । केही फोटाहरू खिँच्यौँ । लामो समयपछि फेरि यसरी आमूल परिवर्तनको लागी सर्वहारा वर्गीय मुक्ति आन्दोलनमा लागेका सहयोद्धा साथीहरूसँग भेट हुँदा छुट्टै खुसी लागिरहेको थियो । वर्गीय प्रेम र सम्बन्ध सबैभन्दा उच्च हुन्छ भन्ने कुराको अनुभूति भइरहेको थियो ।

    केन्द्रीय समितिको बैठक बस्नुभन्दा पूर्व राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीजीले समसामयिक विषयमा आधारित आफ्नो मन्तव्य राख्नुभयो । त्यसपछि बैठकको प्रक्रिया सुरु भयो । सबैतिरको सङ्गठनात्मक गतिविधि बुझ्दा सङ्गठनको व्यापक रूपमा विस्तार हुँदै गएको, सम्पूर्ण कार्यकर्ताहरू सबै खाले भ्रमबाट मुक्त भएको, कोही कहिँ कतै नअलमलिएको सहजै अनुमान लगाउन सकिन्थ्यो । साथै भोलिको विस्तारित बैठकमा सबै ठाउँबाट निश्चित गरिएका प्रतिनिधि आउने जानकारी पनि पाइयो । बैठकको समापनसँगै मेरो मनमा रहेका सबैखाले शङ्का–आशङ्काहरू पनि सकिएका थिए ।

    त्यो दिन बेलुका खानाको व्यवस्था हिमाचल राज्य समितिका अध्यक्ष शोभाखर पन्तले आफ्नोतर्फ देखि गर्नुभएको थियो । उहाँका छोराको विवाहमा मूल प्रवाह केन्द्रीय समितिका साथीहरूलाई निमन्त्रण गर्न नपाएकाले यही बैठकको अवसरमा छोराको विवाहको खुसीमा खानाको व्यवस्था मिलाउनुभएको थियो ।

    अब समय भएको थियो मनोरन्जनको । बैठकको समापनपछि खाना खाइसकेपछि पन्जाबका साथीहरूले रक्तिमका गीत गाउन थाल्नुभयो र सबैलाई नचाउन पनि थाल्नुभयो । कलाकारहरू बिनुकुमार, प्रेम आचार्य, जुना चालिसे, सुष्मा खड्कालगायतको टोलीले गीत र नृत्यबाट सबैलाई भरपूर मनोरन्जन गरायो । मूल प्रवाहका लगभग सबै केन्द्रीय नेताहरूलाई कलाकारले नचाए । मूल प्रवाहका नेताहरू अध्यक्ष दुर्गा केसी, सचिव त्रिभुवन भटराई, कोषाध्यक्ष कुलबहादुर थापादेखि लिएर पी. भीमबहादुर थापा, उहाँकी जीवन सँगिनी, हैदरावादका अध्यक्ष भीमबहादुर थापा, चन्डीगढका खिमराज चालिसे, जुना चालिसे, जालन्धरकी सुष्मा खड्का, तारापुरका टङ्क कुँवर, हैदरावादका के. रतन सिंह, महिला विभाग संयोजक फूलबिना पौडेललगायत धेरैलाई कलाकारले नचाए र आफू पनि नाचे ।

    रमाइलो भरहेको बेलामा अचानक एउटा घटना भयो । केन्द्रीय उपाध्यक्ष प्रेम पौडेल नाचिरहनु भएको थियो । अचानक उहाँको नाखबाट रगत बग्न थाल्यो । हामी सबै आत्तियौँ । कसैले उहाँलाई पानी दिनुभयो । फूलबिना दिदीले रगत पुछिदिनुभयो । सबै आत्तिएका थियौँ तर प्रेमजीले तपाईंहरू नआत्तिनुहोस्; मलाई केही पनि भएको छैन; तपाईंहरू रमाइलो गर्नुहोस भन्नुभयो । उहाँले आफू ब्लडप्रेसरको बिरामी भएकाले रगत आएको बताउनुभयो । उहाँले नआत्तिन भनेपछि हामी अलि शान्त भयौँ ।

    मैले केही फोटाहरू खिँचे भने केही भिडियो बनाएँ । तारापुरका टङ्क कुँवरको वजन झन्डै ८० किलो जति होला, तर नाच्दा असाध्यै फुर्तिलो नाच्नु हुने रहेछ । केन्द्रीय सचिव त्रिभुवन भटराई र म्याडम सुनिता भटराई “सुनबुट्टे रेशमी साडी ल्याउन पाइन” भन्ने गीतमा नाच्दा कलाकारहरूले त्रिभुवनजीलाई एकआपसमा अनुहारमा पनि हेर्नुस्, लजाएको जस्तो नगर्नुस्, २० वर्ष भसके विवाह भएको भनेर हँसाए । पी. भीमबहादुर थापाकी म्याडमले यो उमेर भयो, जिन्दगीमा पहिलो चोटी नाचियो भन्नुभयो । यसरी रमाइलो गर्दा गर्दै लगभग ११ बजिसकेको थियो । भोलिको कार्यक्रमका लागि छिट्टै उठ्नुपर्ने भएकोले सबै सुतियो ।

    भोलिपल्ट १२ डिसेम्बरको विस्तारित बैठकको उद्घाटन, बन्दसत्र, सम्मेलन तयारी समिति गठनलगायत धेरै बिजी सेड्युल थियो । विस्तारित बैठकका लागी क्षेत्र तथा नगरबाट चुनिएका प्रतिनिधि आउने क्रम रातिदेखि नै चलिरहेको थियो । कार्यक्रमको उद्घाटन भएर उद्घाटन मन्तव्य चल्दासम्म प्रतिनिधिहरू आउने क्रम रोकिएको थिएन । सम्भवतः गुजरातबाट सुरतका बिनबहादुर रेग्मीहरूको टोली सबैभन्दा अन्तिममा आइपुगेको थियो ।

    स्थानीय साथीहरू बिहानैदेखि काममा खट्नुभएको थियो । लालबहादुरलगायत साथीहरू मेसमा खट्नुभएको थियो । राज रुचाल ट्रेनको टिकट नबनेका साथीहरूलाई टिकटको वयवस्था गर्न लाग्नुभएको थियो । सोनु थापाजीहरू गीतको रिहर्सल गर्नमा व्यस्त हुनुहुन्थ्यो । विस्तारित बैठकको प्रथम चरणमा उद्घाटन र शुभकामना मन्तव्य दिने कार्यक्रम थियो ।

    राजमो अध्यक्ष चित्रबहादुर केसीजीले तालीको गडगडाहटबिच विस्तारित बैठकको उद्घाटन गर्नुभयो । अन्य अतिथिले शुभकामना मन्तव्य दिनुभयो । त्यसपछि कार्यक्रमको निकै महत्त्वपूर्ण सत्र दोश्रो चरण बन्द सत्र थियो ।

    बन्दसत्रमा धेरै विषयमा छलफल हुन बाँकी नै थियो, मेरा आँखा भने घडीको सुइतिर गइरहेका थिए किनभने ४ः३० बजेको हाम्रो रिटर्न टिकट थियो । हामी ४ः१५ बजेसम्म स्टेसन पुग्नैपर्ने थियो । उद्घाटन कार्यक्रमपछि दिउसोको खाना खाएपछि बन्द सत्र थियो ।

    २०० भन्दा बढी प्रतिनिधिबिच बन्दसत्र सुरु भयो । बन्दसत्रमा दक्षिण भारत, मध्यदक्षिण भारत, पन्जाब, दिल्ली, गुजरात, महाराष्ट्र आदि क्षेत्रबाट ठुलो सङ्ख्यामा प्रतिनिधिको उपस्थिति रहेको थियो भने अन्य क्षेत्रबाट पनि उल्लेखनीय सङ्ख्यामा प्रतिनिधिको उपस्थिति रहेको थियो । बन्दसत्रको कार्यक्रम धमाधम अगाडि बढिरहेको थियो भने घडीको सुई आफ्नै गतिमा निरन्तर घुमिरहेको थियो । हेर्दाहेर्दै घडीको सुईले ३ः३० पार गर्यो र ३ः४० सम्म पुग्यो ।

    अब हामी कार्यक्रम हलबाट बाहिर निस्कनैपर्ने भयो । कार्यक्रम बिचमै छोडेर हिड्नुपर्दा नरमाइलो लागिरहेको थियो । म मञ्चमा गएँ । अनि, महासचिव ठाकुर खनालजीसँग अब हिड्नुपर्ने कुरो गरेँ । उहाँले अब तत्काल गर्नुपर्ने केही योजना र केही सल्लाह सुझाव दिनुभयो । उहाँका सल्लाह सुझावलाई मान्दै मैले विदा माग्दै मञ्चबाट तल झरेँ । हलको सबैभन्दा अघिको दिर्घामा भिवाडीका साथीहरू रामप्रसाद घिमिरे, अमित केसी बसिरहनु भएको थियो । मैले उहाँहरूसित बिदा मागेँ । अनि, मोहन गिरी, हुमबहादुर सारू र म हलबाट बाहिर निस्कियौँ । अटोरिक्सा गरी रेल्वेस्टेसनतर्फ लाग्यौँ ।

    अटोचालकले बाटोमा सोधे– “आपको भोपाल सहर कैसा लगा ?” मेरा आँखाअगाडि भने अझै कार्यक्रमका दृश्य झलझली घुमिरहेका थिए । त्यसैले म चुपचाप बसिरहेको थिएँ ।

    अटोचालकको प्रश्नको जवाफ साथी हुमबहादुर सारूजीले दिँदै भन्नुभयो– “जहाँ हमारा कार्यक्रम था, उधर तो सब ठिक लगा, लेकिन इधर का रास्ता थोडा खराब है ।”

    अटोचालकले भन्यो– “यह ओल्ड भोपाल है, और जहाँ आपका कार्यक्रम था अरेरा कलोनी, वह न्यू भोपाल है । जयपुर जैसा बनने में थोडा टाइम लगेगा । जयपुर में तो पाँच साल से मेट्रो भी चल चुका है लेकिन इधर तो अभी काम सुरु हुआ ही है और चालू होने में दो चार साल लग ही जाएगें ।”

    यिनै कुराकानी गर्दागर्दै भोपाल स्टेसन आइपुगियो । हामी सरासर स्टेसनभित्र प्रवेश गर्यौं । भोपाल–जयपुर एक्सप्रेस आफ्नो प्लेटफार्ममा आइसकेको थियो । हामी आआफ्नो सिटमा बसियो । निर्धारित समयमा भोपाल जयपुर एक्सप्रेस रवाना भयो । मध्यप्रदेशका विभिन्न सहरहरू पार गर्दै उज्जैन, रतलाम हुँदै हाम्रो यात्रा चलिरह्यो । अब मध्यप्रदेश पछाडि छुट्दै गयो भने राजस्थान नजिक नजिक आउन थाल्यो । राती २ बजेतिर झ्यालबाट बाहिर हेर्दा हामी राजस्थानको चित्तौडगढमा आइपुगेका थियौँ । यसरी चित्तौडगढपछि भिलवाडा हुँदै अजमेर पुग्दा बिहान छ बजेको थियो । अब जयपुर पुग्न तीन घण्टा बाँकी थियो । यसरी नौ\साढे नौ बजेसम्म जयपुर पुगेर त्यो दिनको ड्युटी भेटाउन सकिने भयो । अब भने भोपालको सम्झनालाई मनको एउटा कुनामा साँचेर आफ्नो दैनिक गतिविधिमा लागियो ।

    समग्रमा भन्नुपर्दा यो विस्तारित बैठक भव्य रूपमा सम्पन्न भएको छ । मूल प्रवाहका सम्पूर्ण तह र तप्काका सम्पूर्ण कार्यकर्ताहरू सबै खाले भ्रमबाट मुक्त छन् । अब आठौँ अखिल भारत सम्मेलन सफल पार्न फिल्डमा लागिसकेका छन् । मूल प्रवाहको यो आठौँ अखिल भारत सम्मेलन ऐतिहासिक रूपमा सफल हुने छ । अग्रिम शुभकामना, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौँ अखिल भारत सम्मेलन !

    आइतबार, पुष ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.