काठमाडौं । मन्त्रिपरिषदले विश्व बैंकबाट प्राप्त १८ मिलियन अमेरिकी डलर ऋण स्वकृत गर्ने निर्णय गरेको छ ।
Advertisement
बिहीवार बसेको मन्त्रिपरिषद बैठकले कोभिड – १९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारी परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने १८ मिलियन अमेरिकी डलर ऋण स्वीकृत गर्ने निर्णय गरेको हो ।
ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।
यस्तै, मन्त्रिपरिषदको बैठकले नेपाल राजस्व परामर्श विकास समिति सदस्य निर्मलहरी अधिकारीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।