• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कृषि विकास रणनीति लागु गर्न हस्तक्षेपकारी आन्दोलन आवश्यक


  •   बिहिबार, पुष ०१, २०७८ मा प्रकाशित
  • प्रकाश थापामगर, काठमाडौँ ।

    Advertisement

    २०७२ सालमा तयार पारिएको तीसवर्षीय कृषि विकास रणनीति लागु गर्न हस्तक्षेपकारी आन्दोलन आवश्यक भएको सरोकारवाला सङ्घसंस्थाहरूले बताएका छन् ।

    राष्ट्रिय किसान सञ्जाल, राष्ट्रिय कार्यान्वयन समितिको आयोजनामा २०७८ पुस १ गते ललितपुरको धोबिघाटमा आयोजित एकदिवसीय कार्यक्रममा वक्ताहरूले यस्तो अभिव्यक्ति दिएका हुन् ।

    कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरूले कृषि विकास रणनीतिले किसानका सबै समस्या समधान हुने छ भन्ने दाबी गर्न नसकिए पनि त्यसको कार्यान्वयनले नेपाली कृषिका महत्त्ववपूर्ण समस्या समाधान हुने दाबी गरे ।

    ‘कृषि विकास रणनीति (ए.डी.एस.) ले जी.एम.ओ. बिउलाई निषेध गरेको छ; कृषिमा विदेशी निवेशलाई अस्वीकार गरेको छ; किसान आयोग गठन गर्र्न माग गरिएको छ; भूमि बैङ्क होइन, भूमिसुधारमा जोड दिइएको छ; प्रत्येक साविक गाविसमा तीन तीन प्राविधिक नियुक्त गर्नुपर्ने प्रावधान राखेको छ’ सबैजसो वक्ताहरूको भनाइ थियो– ‘कृषि विकास रणनीतिले किसान पेन्सन, परिचय पत्र, क्षतिपूर्तिमा जोड दिएको छ; भकारीमा भएको अन्नलाई धितो राखेर किसानलाई ऋण दिनुपर्ने माग राखेको छ र विदेशीहरूको सहयोगका लागि बास्केट ट्रस्ट फन्डको परिकल्पना गरेको छ ।’

    वक्ताहरू निष्कर्ष थियो– ‘कृषि विकास रणनीति समग्र नेपाली कृषिप्रणालीको गाइड लाइन हो । त्यसैले यसलाई लागु गर्नका लागि हस्तक्षेपकारी आन्दोलनको आवश्यकता छ ।’

    राष्ट्रिय किसान सञ्जाल राष्ट्रिय कार्यान्वयन समितिका नहेन्द्र खड्काको सञ्चालनमा अघि बढेको सो कार्यक्रमको दोस्रो सत्रमा अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, नेपाल किसान सङ्घका सभापति भानुभक्त सिग्देल, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सदस्य शिवहरि खनाल, नेपाल केन्द्रीय कृषि सहकारी सङ्घका अध्यक्ष खेमराज पाठक, राष्ट्रिय भूमि अधिकार मञ्चकी अध्यक्ष सरस्वती सुब्बाले मन्तव्य राख्नुभएको थियो ।

    त्यसैगरी कार्यक्रममा कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव गोविन्द शर्मा, विश्व खाद्य कार्यक्रमका अमन श्रेष्ठ अखिल नेपाल किसान महासङ्घका अध्यक्ष बलराम बासकोटा, आइफाडका सञ्जीव श्रेष्ठ, युरोपेली युनियनका उपमहानिर्देशक बद्रि बस्ताकोटीलगायतले मन्तव्य राख्नुभएको थियो ।

    दोस्रो सेसनको शीर्षक थियो– “कृषि विकास रणनीतिको कार्यान्वयनको अवस्थाबारे अन्तरक्रियात्मक कार्यक्रम ।”

    यसअघि “किसान अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणापत्रबारे कृषि मन्त्रालयसँग नीतिगत छलफल” विषयक पहिलो सेसनमा नेपाल कृषि सहकारी सङ्घका रुद्र भट्टराईले परिचयात्मक मन्तव्य राख्नुभएको थियो । अतिथिहरूबाट संयुक्त रूपमा ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरिएपछि अखिल नेपाल किसान महासङ्घका महासचिव प्रमेश पोखरेलले “किसान तथा ग्रामीण क्षेत्रमा कार्यरत अन्य जनसमुदायको अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र” शीर्षकको अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । त्यसमाथि फ्लोरबाट टिप्पणी गरिएको थियो ।

    राष्ट्रिय किसान सञ्जालमा नेकपा (मसाल), नेपाली काङ्ग्रेस, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) सहित २१ किसान सङ्घसंस्थाहरू सामेल छन् ।

     

    बिहिबार, पुष ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.