प्यूठान । राष्ट्रिय जनमोर्चाको गौमुखी गाउँपालिका–७ नारिकोटमा अगुवा कार्यकर्ताको प्रशिक्षण सम्पन्न भएको छ ।
Advertisement
देशको वर्तमान परिस्थिति, संगठन विस्तारमा अगुवा कार्यकर्ताको भूमिका, राष्ट्रघाती एमसीसी, संघीयता, विकास–निकासमा देखिएको व्यापक भ्रष्टाचार र कार्यकर्ताको स्तरोन्नती सम्बन्धमा समसामयिक विषयमा बिहिबार प्रशिक्षण सम्पन्न भएको हो ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय प्रतिनिधि बासुदेव पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सांसद तारा जिसी, नेकपा (मसाल) प्युठानका प्रवक्ता ज्ञामुराम न्यौपाने र राजमो केन्द्रीय सदस्य नारायण जिसीले समसामयिक बिषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमको अध्यक्षता राजमो वडा समितिका उपाध्यक्ष हुकुम बहादुर थापा तथा सञ्चालन अखिल नेपाल युवक संघका पालिका अध्यक्ष विरबहादुर केसीले गर्नुभएको थियोे ।