काठमाडौं । रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिनुभएको छ । नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा महामन्त्रीका प्रतिस्पर्धी डा. रिजालले पार्टीको निर्वाचनमा हार निश्चित भएपछि रक्षामन्त्रीबाट राजीनामा दिनुभएको हो ।
Advertisement
कांग्रेस महामन्त्री अन्तिम नतिजा नआउँदै आफू पराजित भएको भन्दै रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिनुभएको हो । महामन्त्री पदको मतगणना भइरहेका बेला उहाँ धेरै पछि हुनुहुन्छ ।
रिजालले बिहीबार सामाजिक सञ्जालबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो ।
उहाँ शेखर कोइराला प्यानलबाट महामन्त्रीका प्रतिस्पर्धी हुनुहुन्छ ।
महामन्त्री पदमा गगन थापा र विश्वप्रकाश शर्माको जित निश्चित भएको छ । थापा र शर्मासँग प्रतिस्पर्धामा रहेका प्रकाश शरण महत, प्रदीप पौडेल, मिनेन्द्र रिजाल र राजाराम कार्की पछि परेका छन् ।
