तिलक थापा,बाग्लुङ ।
संयुक्त बाम गठबन्धनको जनभेटघाट तथा घरदैलो अभियान निसीखोला तमानखोला र ढोरपाटन नगरपालिका बिभिन्न ठाउँहरुमा लगातार रुपमा अगाडि बढेको छ ।
त्यसैक्रममा सोमबार सम्पन्न चुनावी कार्यक्रममा बोल्दै साझा बाम उम्मेद्वार खिमविक्रम शाहीले आफू टेकबहादुर घर्तीको प्रेरणा र इमान्दारिताबाट प्रभावित भई राजनीतिमा आएको उल्लेख गर्दै उहाँले देखेका हरेक सपना पुरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । शाहीले प्रतिक्रियावादीहरुले टेक बहादुर घर्तीको शोकमाथि खेलवाड गरेको भन्दै शोक र पिडामा नखेल्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य सुर्य पाठकले आफू नीति निर्माण गर्ने ठाऊँमा रहेको भन्दै दलित जनजाति र ऊत्पिडनमा परेको समुहको अधिकारको सुनिश्चितताको लागि आफू लागिरहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा ढोरपाटन नगरपालिका मेयर देव कुमार नेपालीले दलितलाई विनिमयको साधन जस्तो जस्ले चाहन्छ ऊसले किनबेच गर्ने प्रवृत्तिको विकास गरेको भन्दै खेलवाड नगर्न चेतावनी दिनुभयो । नेपालीले अब दलितले आफूले आफैलाई प्रश्न गर्न आग्रह गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)नेता कुविर विक लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा अखिल (छैठौं) बागलुङका अध्यक्ष इन्द्रमणी पाण्डे, युवा नेता रमेश बिक्रम शाही, राम प्रसाद चालिसे, प्रेम पाण्डे लगायतका नेताहरुको आतिथ्यता रहेको थियो।
झम बहादुर कुँवरको अध्यक्षतामा सुरु भएको कार्यक्रममा बेग बहादुर कुवँरले स्वागत र ओम बहादुर रसायली र इद बहादुर रसायलीको सञ्चालनमा सम्पन्न भएको हो। आजै ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ को संयुक्त कार्यक्रम सेराबाङ बोवाङमा हुँदै छ ।