रिसव आचार्य, बुटवल ।
अखिल (छैठौं) जिल्ला समिति रुपन्देहीले ‘विद्यालय देखि विश्वविद्यालय सम्म’ अभियानको उद्घाटन गरेको छ । बुटवल उपमहानगरपालिका स्थित सिद्वार्थ गौतमबुद्व क्याम्पस बुटवलबाट कार्यक्रमको शुभारम्भ गरेको हो ।
कार्यक्रममा अखिल (छैठौं) का केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश अध्यक्ष सरोजमान सिंह र केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष सागर बेलबासेले समसामयिक राजनीति बिषय, वर्तमान शिक्षा प्रणाली , शैक्षिक बिकृति बिसंगति, अन्धविश्वास,लागू पदार्थ द्रव्यसन लगायतको बिषयमा विद्यार्थीहरुलाई प्रशिक्षण दिनुभएको थियो।

त्यस्तै केन्द्रीय सचिव सिंहले राष्ट्रियता, संघीयता र एमसीसीको अवधारणा बिषयमा विद्यार्थीहरुलाई प्रष्ट पार्नु भएको थियो ।
अखिल (छैठौं) रुपन्देही जिल्ला सदस्य सागरजंग क्षेत्रीको सञ्चालनबाट अघि बढको कार्यक्रममा अखिल (छैठौं) का लुम्बिनी प्रदेश सदस्य बिमल खरेल, जिल्ला उपाध्यक्ष कुलचन्द्र शर्मा, जिल्ला सदस्य अभिनास खड्का लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
क्याम्पसको २ वटा सेक्सनमा छुट्टाछुट्टै कार्यक्रम गरिएको थियो ।