शंकरप्रसाद पोख्रेल, गुल्मी तम्घास ।
राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै गुल्मीको तम्घासमा संयुक्त विरोध सभा सम्पन्न भएको छ ।
Advertisement
राष्ट्रिय जनमोर्चा सहितका राजनीतिकदलले एमसीसी खारेजीको माग गर्दै आइतबार विरोध सभा सम्पन्न गरेको हो ।
राष्ट्रिय जनमोर्चाका श्यामलाल पन्त, नेकपा (मसाल) गुल्मी जिल्ला प्रवक्ता ओमेन्द्र कुँवर, नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज टीका राना लगायतका वक्ताहरुले एमसीसी राष्ट्रघाती सम्झौता भएकोले कुनै पनि हालतमा यसलाई संसदबाट पास गर्न नहुने धाराणा राख्नुभएको थियो।

उहाँहरुले यदि देशी विदेशी शक्तिहरुले एमसीसी पास गर्ने दुस्साहस गरे त्यसको विरुद्ध प्रतिरोध गर्ने र जनदवाव सृजना गरेर कडा संघर्स गर्ने बताउनुभयो ।
कार्यक्रमको सञ्चालन देजमोकी जिल्ला अध्यक्ष तेजकुमारी थापाले गर्नुभएको थियो ।