रिसव आचार्य, बुटवल ।
राष्ट्रिय जनमोर्चा बुटवल उपमहानगर समितिले आर्थिक अभियान सम्बन्धी कार्यकर्ता भेला सम्पन्न गरेको छ । राजमोले सञ्चालन गरिरहेको आर्थिक अभियान सफल पार्ने उद्देश्यले भेलाको आयोजना गरिएको हो ।
भेलामा राष्ट्रिय जनमोर्चाका पूर्वकेन्द्रीय सल्लाहकार शुरेस थापाले आर्थिक अभियान सफल पार्नको निम्ति सम्पूर्ण नेता कार्यकर्ताहरुसँग सहयोगको अपिल गर्नुभयो ।
कार्यकर्ता भेलामा राजमो जिल्ला सचिव टानबहादुर केसी, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सचिवालय सदस्य दुर्गानाथ खरेल, उद्योग ब्यापार संघका केन्द्रीय अध्यक्ष ढुन्डिराज पौडेल, कम्युनिष्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्यले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

भेलाले आर्थिक अभियान सम्बन्धि सम्पूर्ण वडाहरुमा जिम्मेवारी समेत बाँडफाड गरेको छ र विभिन्न महत्त्वपूर्ण निर्णयहरु समेत गरेको छ।
कार्यक्रममा अखिल (छैठौं) का केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष सागर बेल्बासे, जनजाति सम्मेलनका केन्द्रीय सदस्य नारायण पुन, महिला संघ जिल्ला सदस्य रेनु सिंहको समेत आतिथ्यता रहेको थियो । राजमो बुटवल नगर समिति अध्यक्ष पदम श्रेष्ठको अध्यक्षता तथा नगर सचिव गोपाल बन्जाडेको सञ्चालनमा सम्पन्न भेलामा नगर उपाध्यक्ष केपी पोख्रेलले स्वागत गर्नुभएको थियो ।