काठमाडौँ । भूतपूर्व शिक्षक समाजले आफ्नो पहिलो प्रकाशनको रूपमा “शैक्षिक स्मारिका” प्रकाशन गरेको छ ।
Advertisement
२०७८ मङ्सिर २३ गते रिपोर्टस् क्लबमा आयोजित एक कार्यक्रममाझ पाठ्यक्रम विकास केन्द्रका निर्देशक प्रेम भट्टराईले सो स्मारिका विमोचन गर्नुभएको हो ।
समाजका संस्थापक अध्यक्ष भोलानाथ सापकोटाको अध्यक्षता तथा प्रकाशन विभागका संयोजक अनिलकुमार बुढाथोकीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा समाजकी सदस्य शान्ताकुमारी दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल शिक्षक महासङ्घकी अध्यक्ष कमला तुलाधर, नेपाल जडीबुटी सहकारी सङ्घका ईश्वरीप्रसाद पाण्डे, पाठ्यक्रम विकास केन्द्रका अधिकृत खिलनाथ धमला र नेपाल सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका गुणराज मोक्तानलगायतले मन्तव्य राख्नुभएको थियो ।