• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

बोलिभियाको संसदले नयाँ निर्वाचनका लागि बाटो खोल्यो


  •   आइतबार, मङि्सर ०८, २०७६ मा प्रकाशित
  • एजेन्सी । दक्षिण अमेरिकी राष्ट्र बोलिभियाको संसदले नयाँ निर्वाचनका लागि बाटो खोलिदिएको छ । यहाँको संसदले शनिबार एक कानुन पारित गरेको छ र सो कानुनबमोजिम अब राजनीतिक संकट बढिरहेको यस देशमा नयाँ निर्वाचनको बाटो खुलेको पनि बताइएको छ । यहाँ केही दिनदेखि राजनीतिक संकट चुलिएको छ । बोलिभियामा गत अक्टोबर २० मा भएको निर्वाचनबाट पुनः चौथो पटक राष्ट्रपतिमा चयन हुनुभएको इभो मोरालेसका विरुद्धमा कैयौँ दिनदेखि शृङ्खलाबद्ध विरोध प्रदर्शनहरु भइरहेका छन् ।

    Advertisement

    सुरक्षाबल र प्रदर्शनकारीबीच झडपहरु भइरहेका छन् । यस क्रममा केहीको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । राष्ट्रपति इभो मोरालेसका समर्थकहरुले प्रदर्शन गरिरहेका छन् । उनले भने राजीनामा गरिसक्नुभएको छ । सत्तामा उनको फिर्तीको माग गर्दै उनका समर्थकहरुले सडकमा आएर विरोध प्रदर्शन गरिरहेका छन् ।

    यसै विरोध प्रदर्शनलाई सम्बोधन गर्न भन्दै यहाँको संसदले नयाँ निर्वाचनको प्रस्ताव अघि सारेको हो । यस प्रदर्शनमा कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ । कैयौँ दिनदेखि विरोध जारी छ । यहाँका राष्ट्रपति इभो मोरालेसको अनुपस्थितिमा नै काम चलाउ सरकारले नयाँ निर्वाचनको प्रस्ताव गरेको छ । सोही प्रस्तावबमोजिम संसदका दुवै सदनले नयाँ निर्वाचनको लागि बाटो खुलाउने गरी मतदान गरेका छन् ।

    प्रस्तावमा अक्टोबर २० मा भएको निर्वाचनमा प्रतिश्पर्धीहरुलाई भने प्रतिबन्ध लगाइएको छ । त्यस निर्वाचनको पुनः निर्वाचन नभएर यो नयाँ निर्वाचन हो । यसबाट अबको निर्वाचनमा सहभागी हुनबाट राजीनामा दिइ सकेका राष्ट्रपति मोरालेसलाई पनि रोक लगाएको छ । त्यसैगरी अक्टोबर २० को निर्वाचनमा सहभागी भएका अरु मुख्य प्रतिश्पर्धीलाई पनि यस नयाँ निर्वाचन कानुनले प्रतिबन्ध लगाइदिएको बताइएको छ ।

    शनिबार यहाँको संसदले यो नयाँ निर्वाचनको विकल्प निकालेपछि भने यहाँका नागरिकले आन्दोलन रोक्न सक्ने अनुमान गरिएको छ । तर पनि राजीनामा दिइसकेका राष्ट्रपति मोरालेसले सो निर्वाचनमा सहभागी हुन नपाउने गरी कानुन बनाइएकोले उनको समर्थकहरुले भने जारी प्रदर्शन रोक्ने नरोक्ने बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

    विगतदेखि नै हिंसात्मक प्रदर्शन जारी रहेको अवस्थामा देशको सेना र प्रहरीले पनि राष्ट्रपतिका कदमलाई समर्थन नगर्ने घोषणापछि राष्ट्रपति मोरालेसले राजीनामा गरेका थिए । सेनाले समर्थन नगर्ने घोषणापछि मोरालेसले नोभेम्बर १० मा राजीनामाको घोषणा गरेका हुन्। त्यसपछि मेक्सिकोतर्फ लाग्नुभएको र मेक्सिकोले उनलाई राजनीतिक शरण दिने प्रस्ताव गरेको बताइएको छ ।

    राष्ट्रपति मोरालेसको राजीनामाको घोषणासँगै राजधानी ला पाजमा विशाल जुलुस निकालिएको थियो । मोरालेसका समर्थकहरूले बोलिभियाका विभिन्न क्षेत्रहरुमा भेला भएका थिए । विपक्षीले समर्थन गरेको अन्तरिम सरकारका नेता जेनिन अनेजको राजीनामा, मोरालेसको फिर्तीको माग गर्दै समर्थकहरु विरोध प्रदर्शन जारी राखेका थिए ।

    मोरालेसले बोलिभियाको राष्ट्रपतिका रुपमा करीब १४ वर्ष शासन सञ्चालन गरेका थिए । तर यसै वर्षको अक्टोबर २० मा सम्पन्न चुनावमा भने उनी झिनो मतान्तरले चौथो कार्यकालका लागि विजयी भएका थिए । यस निर्वाचनलाई विपक्षीहरुले भने मोरालेसले धाँधली गरेर चुनाव जितेको भन्दै चुनावी परिणाम नै अस्वीकार गरेका थिए । यहाँको संसदले नयाँ कानुन बनाएपछि भने मोरालेसका समर्थकहरुले कुनै प्रतिक्रिया दिएका छैनन् । उनीहरुले नयाँ निर्वाचनमा सहभागी हुने या नहुने भन्नेमा केही बताएका छैनन् ।

    आइतबार, मङि्सर ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरान–अमेरिका तनाव चर्किंदा इन्धनको मुल्यमा उच्च वृद्धि
    हर्मुज जलघाँटीमा इरानद्वारा जहाजमाथि आक्रमण
    चिनियाँ एआईमाथि अमेरिकी आरोप
    राष्ट्रसङ्घको एकासिऔँ महासभा सुरु हुँदै
    मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते
    जापानमा भारी वर्षाको चेतावनी, टोकियोसहित ७ क्षेत्र प्रभावित हुनसक्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.