• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

तिलोत्तमा नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु


  •   मङ्गलबार, मङि्सर २१, २०७८ मा प्रकाशित
  • टेकराज भुसाल, तिलोत्तमा ।
    तिलोत्तमा नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । मंगलवार तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेले प्रतियोगिताको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकालाई सवै खाले खेलकुदको हवका रुपमा विकास गर्नु पर्नेमा जोड दिनुभयो ।

    Advertisement

    कार्यक्रममा नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष दिवाकर ढकाल, प्याब्सन केन्द्रीय प्राज्ञिक सल्लाहकार कृष्ण खनाल लगायतले खेलकुद जीवन पद्धतिको महत्पूर्ण अंश भएको बताउनु भयो ।

    प्रतियोगितामा तिलोत्तमा नगर भित्रका सामुदायिक र संस्थागत गरी ३४ विद्यालय सहभागी छन् । खेल जनज्योति क्लवको खेल मैदान डिङगरनगरमा सुरु भएको हो ।

    तीन दिनसम्म सञ्चालन हुने खेलको पहिलो दिन मंगलवार एथ्लेटिक्स अन्तरगतका विभिन्न इभेन्टहरु र भलिवलतर्फ ७ वटा सेटहरु सम्पन्न भएका छन् ।

    सर्टपुट छात्रतर्फ शान्ति नमूना मावि प्रथम, सेन्जोसेफ मावि दोस्रो र पशुपति मावि तेस्रो भएका छन् भने छात्रा तर्फ शान्ति नमूना मावि प्रथम, टिकुलिगढ मावि दोस्रो र सिद्धार्थ इंगलिस बोडिङ स्कुल तेस्रो भएका छन् ।

    ८ सय मिटर दौडमा छात्र तर्फ सेन्जोसेफ मावि प्रथम, राममणि बहुमुखी क्याम्पस दोस्रो र जनज्योति मावि तेस्रो भएका छन् भने छात्रा तर्फ जनजागृति मावि प्रथम, कुवरवर्ति इंगलिस बोडिङ स्कुल द्धितीय, पशुपति मावि तृतीय भएका छन् ।

    लङ्जम्प छात्र तर्फ शान्ति नमूना मावि प्रथम, सिद्धार्थ स्कुल दोस्रो र टिकुलिगढ मावि तेस्रो भएका छन भने छात्रा तर्फ भूल्के मावि प्रथम, पशुपति मावि दोस्रो र कुवरवर्ति इ.वो. स्कुल तेस्रो भएका छन् ।

    १ सय मिटर दौड अन्तरगत छात्र तर्फ जनज्योति मावि प्रथम, पशुपति मावि दोस्रो र कुवरवर्ति इं बो. स्कुल तेस्रो भए भने छात्रा तर्फ कुवरवर्ति इं बो. स्कुल प्रथम, शान्ति नमूना मावि दोस्रो र भूल्के मावि तेस्रो भएका छन् ।

    ४ सय मिटर दौडमा छात्र तर्फ लर्डवुद्ध ज्ञानज्योति मावि प्रथम, राममणि बहुमुखी क्याम्पस दोस्रो र जनज्योति मावि तेस्रो भएका छन् भने छात्रा तर्फ कुवरवर्ति इं बो। स्कुल प्रथम, पामीर एकेडमी दोस्रो र पशुपति मावि तेस्रो भएका छन् ।

    पहिलो दिनको खेलमा ७ वटा सेटमा भलिवल खेलाईएको छ । छात्रा तर्फ भएको भलिवल प्रतियोगितामा होराइजन जिविएस र सेन्जोसेफ माविबीच भएको खेलमा सोझो सेटमा सेनजोसेफ विजयी भएको छ । त्यस्तै जनज्योति मावि र जनहित माविबीच भएको खेलमा जनज्योतिले सोझो सेटमा जनहितलाई पराजित गरेको छ । नमूना मावि र ड्रन चिल्डे«न मावि विच भएको खेलमा नमुना विजयी भयो भने पर्ल एकेडमी र जनज्योति माविबीच भएको खेलमा जनज्योति विजयी भयो । दुवै सोझो सेटमा विजयी भएका हुन् । त्यस्तै सेमरा बजार मावि र शान्ति नमूना माविकाबीच भएको खेलमा शान्ति विजयी भएको छ । जनता मावि र पश्चिम पहुनीका विच भएको खेलमा दुई सेटमा जनताले जित निकालेको छ । त्यस्तै ग्रीमाण सरस्वति मावि र राममणि बहुमुखी बीच भएको खेलमा राममणि विजयी भएको छ ।

    तिलोत्तमा नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा सुरु खेलमा बुधवार दोस्रो चरणका खेलहरु सुरु हुनेछन् । खेल बिचबिचमा विभिन्न विद्यालयहरुले सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए । खेल अवधिमा सर्वेत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरु जिल्लाका लागि छनोट हुने छन् । खेल संचालनका लागि झण्डै ११ लाख खर्चको अनुमान गरिएको छ ।

    नगर खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र गुरुङको अध्यक्षता, समिति सदस्य मित्रलाल न्यौपानेको स्वागत, समिति सदस्य दिपक खनालको सञ्चालनमा कार्यक्रमको उद्घाटन भएको थियो ।

    मङ्गलबार, मङि्सर २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • २.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ३.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ७.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • ८.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.