चितवन । नवलपरासी (पूर्व) को गैँडाकोट नगरपालिका–१० मा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण भेला सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पूर्वसचिव कृष्ण अधिकारीले समसामयिक विषयमा प्रक्षिक्षण दिनुभएको थियो ।
Advertisement
भेलाले राजमोको वडा समितिसमेत गठन गरेको छ । समितिको अध्यक्षमा खड्कबहादुर क्षेत्री, उपाध्यक्ष तिलक गैरे, सचिव चन्द्रबहादुर केसी र कोषाध्यक्षमा लिला खरेल चयन हुनुभएको छ ।
सदस्यहरुमा नवराज मैनाली, चेतनारायण निउरे, इन्द्रकलि सापकोटा, सरिता सापकोटा, भूमिराज खड्का, दलबहनदुर पाठक, हरिभक्त कडेल, ऋषिराज आचार्य, किसन ढकाल रहनुभएको छ भने सल्लाहकारमा अंकबहादुर क्षेत्री, गन्धर पाठक, पूर्ण सुवेदी र सुरज विक हुनुहुन्छ ।
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका शालिकराम सापकोटा र राजमो नगर अध्यक्ष कृष्ण सापकोटाले शुभकामना दिनुभएको थियो ।