• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

यसरी हुँदैछ तेह्रौं सागको तयारी


  •   आइतबार, मङि्सर ०८, २०७६ मा प्रकाशित
  • काठमाडौं । दक्षिण एशियाली राष्ट्रको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा रहेको १३औँ दक्षिण एशियाली खेलकूद (साग) नजिकिँदै गर्दा तयारीलाई तिब्रता दिईएको छ । मंसिर १५ गतेदेखि सुरु हुने सागमा कूल ३२४ स्वर्ण, ३२४ रजत तथा ४८७ कास्यका लागि प्रतिस्पर्धा हुनेछ ।

    Advertisement

    राष्ट्रिय खेलकूद परिषद् (राखेप) का अनुसार पदक निर्धारण, खेल सञ्चालनका लागि आवश्यक प्राविधिक टोलीको संख्या निर्धारण लगायतको काम सम्पन्न भएको छ ।

    सागमा कुन खेल कहाँ हुँदैछ ?

    सागको औपचारिक उद्घाटन यही मंसिर १५ गतेदेखि हुने भए तापनि भलिबल खेल भने मंसिर ११ गतेदेखि नै शुरु हुनेछ । भलिबल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कर्भडहलमा हुनेछ ।

    मंसिर १५ देखि २४ गतेसम्म आयोजना हुने सागमा विभिन्न २६ खेलमा प्रतिस्पर्धा हुने निश्चित भएको छ । जसमा आर्चरी, जुडो, क्रिकेट, फुटबल, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिन, फेन्सिङ, ह्याण्डबल, स्क्वास, गल्फ, उसु, तेक्वान्दो, टेनिस, सुटिङ, खोखो, पौडी र टेबल टेनिस छन् ।

    त्यसैगरी एथ्लेटिक्स, भलिबल, कबड्डी, कराते, भारोत्तलन, कुस्ती र ट्रायथोलन रहेका छन् । नेपालले यी सबै खेलमा सहभागिता जनाउनेछ । यसअघि २७ खेलमा सहभागिता जनाउने भनिए तापनि प्याराग्लाइडिङ खेल सागमा समावेश नभएपछि २६ खेलको टुंगो लागेको हो ।

    सागको नियमानुसार प्रतियोगिता सञ्चालनका लागि कम्तीमा तीन राष्ट्रले भाग लिनुपर्ने हुन्छ, तर नेपाल र पाकिस्तानबाहेक अन्य राष्ट्रबाट खेलाडी दर्ता नहुँदा प्याराग्लाइडिङ खेल नहुने निश्चित भएको हो ।

    सागअन्तर्गका खेल पोखरामा आठ, जनकपुरमा एक र काठमाडौँमा २१ खेल हुनेछ । आर्चरी, ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल, ह्याण्डबल, ट्रायथोलन, भलिबल र भारोत्तलन गरी आठ खेल पोखरामा हुनेछ भने कुस्ती खेल जनकपुरमा हुनेछ । बाँकी सबै खेल काठमाडौँमा हुनेछ ।

    कुन खेल कहिले हुँदैछ ?

    आर्चरी खेल मंसिर १५ देखि २३ गतेसम्म
    एथलेटिक्स १७ गतेदेखि २१ गतेसम्म
    बास्केटबल १९ गतेदेखि २४ गतेसम्म
    बक्सिङ ६ गतेदेखि २४ गतेसम्म
    पुरुष क्रिकेट १७ देखि २४ गतेसम्म
    महिला क्रिकेट १६ देखि २३ गतेसम्म
    साइक्लिङ १७ देखि २१ गतेसम्म
    फेन्सिङ २० देखि २३ गतेसम्म
    पुरुष फुटबल १५ देखि २४ गतेसम्म
    महिला फुटबल १६ देखि २४ गतेसम्म
    गल्फ १६ देखि १९ गतेसम्म
    ह्याण्डबल १८ देखि २३ गतेसम्म
    जुडो २१ देखि २४ गतेसम्म
    कबड्डी १८ देखि २३ गतेसम्म
    कराँते १५ देखि १८ गतेसम्म
    खोखो १५ देखि १८ गतेसम्म
    सुटिङ १७ देखि २२ गतेसम्म
    स्क्वास २० देखि २४ गतेसम्म
    पौडी १९ देखि २३ गतेसम्म
    तेक्वान्दो १६ देखि १९ गतेसम्म
    टेनिस १६ देखि २३ गतेसम्म
    ट्रायथोलन १६ देखि १८ गतेसम्म
    भलिबल ११ देखि १७ गतेसम्म
    भारोत्तलन १९ देखि २२ गतेसम्म
    कुस्ती २० देखि २३ गतेसम्म
    उसु १६ देखि १९ गतेसम्म
    टेबल टेनिस १६ देखि २० गतेसम्म

    सागमा नेपालबाट ५९९ जना खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ । तीमध्ये पुरुष ३१२ र महिला २८७ खेलाडी रहेका छन् । सागको राष्ट्रिय टिम तयारी समितिले आयोजकको नाताले टिम र पदक जित्ने खेलको अवस्था हेरेर खेलमा खेलाडी थपघट गर्न भने सक्नेछ ।

    ब्यवस्थापकीय तयारी पुरा

    साग व्यवस्थापनका अनुसार व्यवस्थापकीय तयारी पुरा भएको छ ।

    खेल स्थल एवं अवधि निर्धारण, प्राविधिक जनशक्ति परिचालन, प्राविधिक पुस्तिका तयार, अन्तरराष्ट्रिय रेफी, जज, जुरी, अम्पायरलगायत उच्चस्तरीय प्राविधिक डेलिगेट्सलाई हवाई टिकट व्यवस्थापनका लागि ट्राभल डेक्ससँग समन्वयन गरी आवश्यक व्यवस्थापन कार्य सम्पन्न भएको सागका प्राविधिक समितिका संयोजक गंगाबाहदुर मगरले जानकारी दिए ।

    उनका अनुसार प्रत्येक खेलको तालिका अनुसार प्रतियोगिता सञ्चालनका लागि सम्पूर्ण जिम्मेवारी सम्बन्धित राष्ट्रिय संघलाई नै दिने व्यवस्था गरिएको छ । त्यसैगरी प्रत्येक खेल स्थलमा प्राविधिक सूचना केन्द्रको व्यवस्था गरिनेछ भने सबै खेलको प्राविधिक सूचना केन्द्र हुनेछ । खेल दौरान अपिल तथा विवाद समाधानका लागि सम्बन्धित खेलको नियमानुसार जुरी समिति गठनको व्यवस्थासमेत गरिएको छ ।

    आइतबार, मङि्सर ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.