• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

दलितको घरमा ‘गिरी बा’ पुजारी 


  •   सोमबार, मङि्सर २०, २०७८ मा प्रकाशित
  • लक्ष्मीप्रसाद सापकोटा, पर्वत ।
    अहिले पनि समाजमा छुवाछुत प्रथा पूर्णरुपमा हटिसकेको छैन । दलित समुदायका व्यक्तिले अझै पनि धेरै खालका जातीय समस्या भोग्दै आइरहेका छन् । समाजमा उनीहरूप्रति गरिने व्यवहार नै बेग्लै छ ।

    Advertisement

    हिन्दू भएर पनि पूजापाठ, न्वारन, व्रतबन्ध, विवाह जस्ता धार्मिक कर्मकाण्ड गर्न उनीहरूको घरमा पण्डित पुग्दैनन् । दलितका घरमा पूजा गर्दा धर्म नाश हुने गलत बुझाइ अहिले पनि उस्तै छ । यही समाजमा एक पुरोहित पनि हुनुहुन्छ, जो लामो समयदेखि दलितको घरघर पुगेर पूजापाठ गर्दै आउनुभएको छ ।

    कुश्मा नगरपालिका–६ साझा चोक घर भएका ८४ वर्षीय गोपाल गिरी दलित समुदायको घरमा पूजापाठ गर्दै आउनुभएको छ । छुतअछुतको कुरा कहीँ नलेखिएको तर केही टाठाबाठा ब्राह्मणले अर्कालाई निच देखाएर आफूलाई ठूलो देखाउन हिन्दू धर्मभित्र गलत परम्पराको सुरुवात गरेको गिरीको भनाइ छ ।

    मान्छेले मान्छेलाई भेद्भाव गर्न हुन्न भन्ने चेतना युवा अवस्थामै जागृत भए पनि उहाँले दलित समुदायको घरमा पुगेर पूजा गर्न सुरु गरेको तीन दशक भयो । ‘धर्मले यो सानो यो ठूलो, यसलाई भेद गर भनेको छैन, केही मान्छेलाई आफूखुसी यो प्रथाको सुरु गराएका हुन्, एउटै हिन्दू धर्ममा बाँधिएका हामी सबै एकै हौँ, फरक धर्म नै माने पनि मान्छे त सबै एकै हुन्’, पण्डित गिरीले भन्नुभयो, ‘मैले युवा अवस्थाबाट जातका नाममा भेद्भाव गर्नुहुँदैन भन्दै आएको छु ।’

    तिरस्कार सहेरै भए पनि उहाँले जातीय भेदभाव र हिन्दू धर्मभित्र भगवानका नाममा गरिने बलि प्रथाको समेत खुलेर विरोध गर्दै आइरहेको बताउनुभयो । उमेरले उकालो चढेपछि पहिले–पहिले जस्तै बोलाएका सबै ठाउँमा पुग्न नसक्ने गरेको तर जान सक्ने भएमा भने उहाँ त्यहाँ पुगेर कर्मकाण्ड गर्दै आएको बताउनुहुन्छ ।

    वर्षौँ पहिले जातीय छुवाछुतको अवस्था समाजमा व्याप्त थियो । पछिल्लो समयमा आएका सामाजिक परिवर्तनले यो समस्या कम हुँदै गएको छ । यसैको उदाहरण गिरीकी श्रीमती देवी पनि हुनुहुन्छ । श्रीमान्ले थालेको अभियानमा देवीको पनि साथ छ । उहाँले पनि अहिले छुवाछुतमा विश्वास मान्न छाड्नुभएको छ ।

    ‘सार्कीकामा, कामीकामा पूजापाठ गर्छ भनेर जिस्क्याए पहिले, जिस्क्याए पनि उहाँ जान छोड्नुभएन, जातभातका आधारमा मान्छेलाई हेला गर्नहुन्न भन्नुहुन्छ’, उहाँ भन्नुहुन्छ्, ‘मैले पनि छुवाछुत गर्दिन, उहाँ कहीँ पूजामा जान परेमा सघाउँछु, उहाँको कुरा एक दिन त बुझ्लान् नि अरूले ।’

    पुरोहित गिरीले छुवाछुत र जातीय विभेदुविरुद्ध दलितको घरमा पुगेर पूजापाठ गर्ने मात्र नभइ उनीहरूले बनाएको भोजनसमेत ग्रहण गर्ने गरेको बताउनुभयो । त्यस जर्जर समय र परिवेशमासमेत खुलेरै समानताका पक्षमा लागेका उहाँलाई विभिन्न सङ्घ संस्थाले सम्मानसमेत गरिसकेका छन् ।

    कतिले त उहाँको साहसलाई क्रान्तिका रूपमा पनि बुझ्ने गरेका छन् । नेपाल दलित सङ्घका अध्यक्ष याम परियारले गिरीको साहसलाई आफूहरूले सम्मान गरेको जनाउँदै जातीय छुवाछुतको अन्त्यका लागि गिरीले गरेको आँटलाई जति सम्मान गरे पनि कमी हुने बताउनुभयो ।(रासस)

    सोमबार, मङि्सर २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.