प्युठान । प्युठानमा टिपरको ठक्करबाट बाबुछोराको मृत्यु भएको छ । सोमबार दिउँसो टिपरले अटोलाई ठक्कर दिँदा अटोमा सवार प्युठान नगरपालिका ३ घुरचुनेका ३५ वर्षीय अमृत थापा र उनका छोरा ४ वर्षीय सुशान थापाको घटनास्थलमै मृत्यु भएको हो ।
Advertisement
माण्डवी गाउँपालिका ५ ठुलोखोलास्थित सडकमा रा १ ह ५७०७ नम्बरको अटोलाई ना ८ ख ३९०३ नम्बरको टिपरले ठक्कर दिँदा अटोमा सवार सोही ठाउँका ३० वर्षीया पुनम थापासहित ३ जना घाइते भएका छन् ।
उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल बिजुवार पठाइएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अटो चालक भने फराररहेको प्युठान प्रहरीले जानकारी दिएको छ ।