काठमाडौं । विभिन्न २६ देशका कम्युनिष्ट पार्टी तथा संगठनहरुले नेपाली भूमिमाथि भारतले गरेको अतिक्रमणको विरोध गरेका छन् । हालै युरोपमा सम्पन्न क्रान्तिकारी पार्टी तथा संगठनको अन्तर्राष्ट्रिय समन्वय (आईसीओआर) को चौथो अन्तर्राष्ट्रिय सम्मेलनले नेपालमाथि भारतीय हस्तक्षेपको भर्त्सना गरेको हो ।
नेकपा (मसाल) र नेकपा (क्रान्तिकारी माओवादी) को प्रस्तावमा आईसीओआरको सम्मलेनले भारतद्वारा नेपालमा गरिएको सीमा अतिक्रमण र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्धको प्रस्ताव पारित गरेको हो ।
सम्मेलनमा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र नेकपा (क्रान्तिकारी माओवादी) का नेता परी थापा सहभागी हुनुभएको महामन्त्री सिंहले जानकारी दिनुभयो ।
‘आईसीओआरको सम्मेलनमा विभिन्न २६ देशका ३९ जना प्रतिनिधि सहभागी थिए’ महामन्त्री सिंहले युगदर्शनसँग भन्नुभयो, ‘नेपालमा भारतद्वारा गरिएको सीमा अतिक्रमण र एमसीसीको विरोध सम्बन्धी हाम्रो प्रस्ताव सम्मेलनले पारित गरेको हो ।’
भारतले नेपालको दार्चुला जिल्लामा कालापानी, लिपुलेक, लिम्पियाधुरा तथा नवलपरासीको सुस्तालगायत सीमा क्षेत्र अतिक्रमण गर्नुका साथै कालापानी क्षेत्रलाई आफ्नो भूभागभित्र पारेर नक्सा जारी गरेको विषयलाई नेकपा (मसाल) ले अन्तर्राष्ट्रियकरण गरेको हो ।
यस्तै, सम्मेलनले नेपालका १०४ वर्षको उमेरमा निधन भएका शताब्दी कम्युनिस्ट खगुलाल गुरुङ र नेकपा (मसाल) का पीबीएम मित्रलाल शर्माप्रति पनि श्रद्धाञ्जली अर्पण गरेको सिंहले जानकारी दिनुभयो ।
सम्मेलनले गरेका निर्णय सार्वजनिक गर्दै नेकपा (मसाल) का महामन्त्री सिंहले आईसीओआरको विश्व सम्मेलन मुख्य रूपले गैरसाम्यवादी विचारका विरुद्ध कसरी लड्ने भन्नेमा केन्द्रित भएको बताउनुभएको छ । यस्तै, सम्मेलनले सन् २०२४ लाई ‘लेनिनको १०० वर्षको सम्पदा वर्षको’ रूपमा मनाउने निर्णय पनि गरेको छ ।
यस्तो छ वक्तव्य