दाङ । रक्तिम सांस्कृतिक अभियान घोराही उपमहानगर समितिको भेला सम्पन्न भएको छ । भेलाको उद्घाटन रक्तिम सांंस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार नारायण योगीले गर्नुभएको थियो ।
शनिबार सम्पन्न भेलाले यमसरी घर्तीको अध्यक्षतामा ११ सदस्यीय नगर समिती निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा सारदा आचार्य, सचिव शिव बन्जाडे, कोषाध्यक्ष उदय पुन रहनुभएको छ भने सदस्यहरुमा सर्मिला भट्टराई, सुमित रावत, रेग बहादुर घर्ती, सुनिता पाण्डे, हेमन्त पोख्रेल, सन्ध्या खडका रहनुभएको छ । सल्लाहकारमा लक्ष्मण बिक, कल्पना घर्ती र झबिन्द्र खनाल रहनुभएको छ ।
भेलामा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य र अखिल नेपाल महिला संघका जिल्ला सचिव सारदा थापा लगायतले शुभकामना दिनुभएको थियो । यमसरी घर्तीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मनिराम खनालले गर्नु भएको थियोे ।
कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य राम बहादुर घर्ती, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्यहरु सुशील पोख्रेल, खडानन्द खनाल, कृस्णा राना, अखिल नेपाल कानुन व्यावसायी संघका केन्द्रीय उपाध्यक्ष नुमानन्द आचार्य, अखिल नेपाल ट्रेड युनियन माहासंघ (अन्टुक) का जिल्ला सचिव तुल्सिराम पन्थी, अखिल नेपाल युवक संघ जिल्ला कोषाध्यक्ष श्रीराम भट्टराई, जातीय समता समाजका जिल्ला सदस्य बुद्ध रामजाली, अखिल नेपाल राष्ट्रिय उधोग ब्यापार संघका जिल्ला कोषाध्यक्ष हरि खरेल, अखिल (छैठौं) का जिल्ला सचिवालय सदस्य लक्ष्मण बिक लगायतको आथित्यता रहेको थियोे ।