बागलुङ । बागलुङको बडिगाड गाउँपालिका वडा नं.४, जलजलामा अखिल नेपाल युवक संघको टोल प्रशिक्षण भेला सम्पन्न भएको छ । युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वनको विशेष उपस्थितिमा शनिबार भेला तथा प्रशिक्षण सम्पन्न भएको हो ।
भेलाले गणेश सिंजालीको अध्यक्षतामा युवक संघको १३ सदस्यीय जलजला टोल समिति चयन गरेको छ । समितिको उपाध्यक्ष खर्क बहादुर सिंजाली, सचिव अनिल सिंजाली, सहसचिव बिमल राश्कोटी, कोषाध्यक्ष विशाल श्रीस, सदस्यहरुमा कमल सिंजाली, नवीन सिंजाली, खडक काउचा, बिज्ञान काउचा, निसान काउचा, तुल बहादुर श्रीस, भागिरथ सिंजाली र महेश कुमार सिंजाली रहनु भएको छ ।
यसै गरि सोहि दिन राष्ट्रिय जनमोर्चा बरेङ गाउँ पालिका वडा न. ३ बाटाकाचौरमा वडा प्रशिक्षण भेला सम्पन्न भएको छ । भेलालाई राष्ट्रिय जनमोर्चा उपाध्यक्ष धर्म बहादुर कुँवर, जिल्ला सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद पौडेल, राजमो बरेङका सचिव पूर्ण बहादुर पुन र युवा नेता हिरा बहादुर पुनले प्रशिक्षण दिनुभएको थियो ।