दाङ । राष्ट्रिय जनमोर्चाको आयोजनामा दाङ राप्ती गाउँपालिकाको वडा नं. १ र २ को संयुक्त भेला २०७८ मङ्सिर १७ गते सम्पन्न भएको छ ।
राजमो दाङका पूर्व जिल्लाध्यक्ष तथा बहालवाला सल्लाहकार नरबहादुर केसीको प्रमुख आतिथ्यतामा सो भेला सम्पन्न भएको हो ।
भेलाको अध्यक्षता राजमो १ नं. वडाध्यक्ष ठाकुर आचार्यले, स्वागत विष्णु आचार्य र सञ्चालन चन्द्र आचार्यले गर्नुभएको थियो ।
भेलामा अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका जिल्लाध्यक्ष ठाकुर आचार्य, लुुम्बिनी प्रदेश होटल व्यवसायी सङ्घका सचिव महेश बेलबासे, रक्तिम सांस्कृतिक अभियानका जिल्ला सहसचिव विक्रम पाण्डे, सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हरि श्रेष्ठ, अखिल नेपाल युवक सङ्घ राप्ती पालिका समितिका अध्यक्ष हिमाल एमसीलगायतको आतिथ्यता रहेको थियो ।
२ नं. वडामा पनि भेला
त्यसैगरी २ नं. लालमटियाको भेला पनि सम्पन्न भएको समाचार छ । राजमो राप्ती पालिकाध्यक्ष केशवराज खनालको प्रमुख आतिथ्यतामा सो भेला सम्पन्न भएको हो ।
अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष रमेशमान गुरुङको समेत आतिथ्यता रहेको सो भेलाको अध्यक्षता मनबहादुर पुनले, सञ्चालन गिरबहादुर पौडेलले र स्वागत कृष्णा पोखे्रलले गर्नुभएको थियो ।