बागलुङ बजार । राष्ट्रिय जनमोर्चा काठेखोला गाउँपालिका वडा नं. ३ धम्जाको धम्जा तल्लो टोल समितिको भेला राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तिलक थापाको विशेष उपस्थितिमा २०७८ मङ्सिर १७ गते सम्पन्न भएको छ ।
भेलामा राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार तथा काठेखोलाका उपाध्यक्ष अर्जुनबहादुर खत्री र राजमो धम्जाका अध्यक्ष पूर्णबहादुर थापाले पनि मन्तव्य राख्नुभएको थियोे ।
भेलाले चित्र जिसीको अध्यक्षतामा १९ सदस्यीय राष्ट्रिय जनमोर्चा धम्जा तल्लो टोल समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष प्रकाश किसान, सचिव कुमार क्षेत्री, सहसचिव रिजन परियार र कोषाध्यक्ष खिमबहादुर किसान तथा सदस्यमा गोपाल विक, प्रेमबहादुर थापा, विजय थापा, मनोज परियार, होम परियार, सुजन विक, सुरेश किसान, सुनिल परियार, राम परियार, सन्दीप खत्री, रोशन जिसी, पोषकराम किसान र दिलबहादुर जुरेली रहनुभएको छ भने सदस्यको एक स्थान रिक्त राखिएको छ ।
कार्यक्रम चित्र जिसीको अध्यक्षता, रिम थापाको सञ्चालन र कृष्ण क्षेत्रीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।