काठमाडौँ । राष्ट्रिय जनमोर्चाले १ नं. प्रदेशमा अमृत पाण्डे अध्यक्ष र विशाल पहाडी सचिव रहेको समिति नै राजमोको आधिकारिक १ नं. प्रदेश समिति भएको जानकारी दिएको छ ।
Advertisement
अध्यक्ष पाण्डे र सचिव पहाडीको हस्ताक्षरमा २०७८ मङ्सिर १८ गते जारी स्पष्टीकरणमा सो जानकारी दिइएको हो ।
१ नं. प्रदेशमा केही अनधिकृत व्यक्तिहरूले राष्ट्रिय जनमोर्चा १ नं. प्रदेश समितिको लेटरहेड प्रयोग गरी आर्थिक सङ्कलन गरेको प्रमाण प्राप्त भएपछि प्रदेश समितिले स्थिति स्पष्ट गर्न सो वक्तव्य जारी गरेको छ ।
यस्तो छ स्पष्टीकरणको पूर्ण पाठ

यस्तो छ, अनधिकृत व्यक्तिहरूले आर्थिक सङ्कलनका लागि प्रयोग गरेको पत्र
