काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्रीले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे निर्णय गर्न दिएको ‘डेडलाइन’ मै सरकारले संसदको बैठक बोलाएको छ । संसदको दुवै सदनको बैठक मंसिर २८ गते बोलाइएको हो ।
Advertisement
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सरकारको सिफारिसमा मंसिर २८ गते दिउँसो २ बजेका लागि संघीय संसदको दुवै सदनको बैठक आह्वान गर्नुभएको हो ।
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले मंसिर ३ गते प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत नेतालाई भेटेर एमसीसीबारे निर्णय गर्न डिसेम्बर १४ सम्मको ‘डेडलाइन’ दिएका थिए ।
त्यो भनेको मंसिर २८ गते हुन्छ । त्यही दिन सरकारले संसदको बैठक बोलाएको हो ।