बाग्लुङ । बागलुङको बुतिृबाङमा वाम गठबन्धनको चुनावी सभा सुरु भएको छ । सभा सुरु हुनअघि गठबन्धनको जुलुशले बुर्तिबाङ बजार परिक्रमा गरेको छ ।
Advertisement
पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपाका महासचिव बिष्णु पौडेललगायत नेताहरुले सम्बोधन गर्दै हुनुहुन्छ ।
आगामी मंसिर १४ गते बागलुङ २ (ख) मा हुन गइरहेको उपनिर्वाचनमा सो क्षेत्रमा वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका नेता खिमविक्रम शाही उम्मेद्वार हुनुहुन्छ ।


