काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ पञ्चकुमारी मन्दिर नजिकबाट ४४ लिटर रक्तचन्दनको तेलसहित दुई जना पक्राउ परेका छन् ।
Advertisement
पक्राउ पर्नेमा रामेछापको उमाकुण्ड गाउँपालिका–४ घर भई हाल बालाजु बस्ने वर्ष २७ को राम बहादुर खत्री र कास्कीको पोखरा महानगरपालिका–१० घर भई हाल बूढानीलकण्ठ नगरपालिका–५ बस्ने वर्ष ४० को गंगा बहादुर पुन रहेका छन्।
प्रति लिटर ५ लाखका दरले रक्तचन्दनको तेल अबैध कारोबार भई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटेको विशेष प्रहरी टोलीले उनीहरुलाई सो तेलसहित पक्राउ गरेको हो।
रक्तचन्दनको तेल भारतबाट नेपालगञ्ज हुँदै नेपाल भित्र्याई चीनतर्फ तस्करी हुने गरेको प्रहरीले जनाएको छ।