• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

विश्वविद्यालयलाई भर्तीकेन्द्र बनाइएकोे भन्दै भीसी कार्यालयमा तालाबन्दी


  •   बिहिबार, मङि्सर १६, २०७८ मा प्रकाशित
  • काठमाडौं । विभिन्न ६ वटा विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयलाई राजनीतिक भर्तीकेन्द्र बनाइएको भन्दै उपकूलपति कार्यालयमा तालाबन्दी गरेका छन् । करारमा रहेका उपप्राध्यापकलाई स्थायी गर्ने निर्णविरुद्ध भीसी, रजिस्टार र रेक्टरको कार्यालयमा ताला लगाइएको अखिल (छैठौं) का केन्द्रीय सदस्य पुरन पोखरेलले जानकारी दिनुभयो ।

    Advertisement

    प्रधानमन्त्री निवास बालुवाटारमा यही मङ्सिर १४ गते भएको त्रिविसभाको बैठकले १० वर्षदेखि करारमा रहेका अध्यापकलाई स्थायी गर्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध विद्यार्थी संगठनहरु आन्दोलित भएका हुन् ।

    करारमा रहेका उपप्राध्यापकलाई स्थायी गर्ने निर्णय तत्काल खारेज गर्नुपर्ने, त्रिवि सेवाद्वारा विज्ञापन गरिएका खुल्ला प्रतिष्पर्धाबाट हुने छनोट प्रक्रियाको परीक्षा मिति तत्काल तोकिनुपर्ने, लामो समयदेखि रोकिएको स्ववियु निर्वाचन फागुन १४ गते गर्नुपर्ने लगायतका माग राखी विभिन्न ६ वटा विद्यार्थी संगठनहरुले आन्दोलन गरेका हुन्।

    बिहीबार भीसी, रजिस्टार र रेक्टर कार्यालयमा ताला लगाएर आन्दोलन थालेका विद्यार्थीले आफ्ना माग पुरा नभए थप कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । त्यसका लागि संयुक्त बैठक बसिरहेको र थप कार्यक्रम ल्याउने पोखरेलले बताउनुभयो ।

    आन्दोलनरत ६ विद्यार्थी संगठनले विज्ञप्ति जारी गरेर नयाँ पुस्ताका प्रविधिमैत्री दक्ष जनशक्ति उत्पादन भइसकेको अवस्थामा त्यसलाई दुरुत्साहन हुनेगरी त्रिवि सेवा आयोगको नियमविपरीत राज्यलाई झण्डै रु एक अर्ब पाँच करोड बढी भारपर्ने गरी हुने आन्तरिक प्रतियोगिताको निर्णय खारेज गर्न माग गरेका छन् ।

    ‘विनाप्रतिस्पर्धा नै त्रिविको प्राध्यापक र कर्मचारी बन्न पाउनुपर्ने माग आफैँमा अप्राकृतिक, अनैतिक, अशोभनीय र हास्यास्पद छ’, विज्ञप्तिमा भनिएको छ, ‘हामी सो निर्णय खारेज गरी आम शैक्षिक युवाले प्रतिस्पर्धा गर्ने पाउने गरी विज्ञापन खुलाउन माग गर्दछौँ ।’

    विज्ञप्तिमा अखिल (छैटौँ) का अध्यक्ष देवेन्द्र कुँवर, नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंह, नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका महासचिव आरती लामा, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठको हस्ताक्षर छ ।

    बिहिबार, मङि्सर १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.