• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

केही व्यक्तिको महत्वाकांक्षा र नेतृत्वको कुण्ठाका कारण फुटपरस्त बाटो : मसाल


  •   मङ्गलबार, मङि्सर १४, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले बुटवलमा ‘ने.क.पा.(मसाल) समन्वय समिति’को नामबाट गरिएको आजको पत्रकार सम्मेलनले मसालसित कुनै सम्बन्ध नराख्ने स्पष्ट पारेको छ।

    Advertisement

    विभिन्न समयमा पार्टीबाट निष्काशित व्यक्तिहरूले आफ्नो फुटपरस्त उद्देश्यलाई केही वर्ष पहिलेदेखि सफल पार्नका लागि गरिएको अन्तिम प्रयासको रूपमा त्यो पत्रकार सम्मेलनको रुपमा व्यक्त भएको मसालले जनाएको छ।

    लामो समयसम्म चुनाव उपयोग गरेका कारणले र जनसङ्घर्षको नीति लिएकोले मसाललाई दक्षिणपन्थी बताउँदै आएको सो समूहले पत्रकार सम्मेलनमा ‘चुनावलाई कार्यनीतिक र जनसंघर्षको बाटो आफ्नो कार्यक्रम हुने’ बताएको र यसबाट उनीहरूको क्रान्तिकारी लफ्फाजीको पर्दाफास भएको मसालले जनाएको छ ।

    प्रवक्ता रामप्रकाश पुरीले प्रेशित गर्नुभएको विज्ञप्तिमा उनीहरूमा आत्मकेन्द्रित, महत्वाकांक्षा र नेतृत्वको कुण्ठाका कारणले पार्टीमा फुटपरस्तको बाटो लिएको कुरा छर्लङ्ग भएको बताउनुभएको छ।

    वक्तव्यमा भनिएको छ : ‘बुटवलमा ने.क.पा.(मसाल) समन्वय समितिको नामबाट गरिएको आजको पत्रकार सम्मेलनप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ ।

    उक्त पत्रकार सम्मेलनले हाम्रो पार्टी ने.क.पा.(मसाल)सित कुनै सम्बन्ध राख्दैन । विभिन्न समयमा पार्टीबाट निष्काशित व्यक्तिहरूले आफ्नो फुटपरस्त उद्देश्यलाई केही वर्ष पहिलेदेखि सफल पार्नका लागि गरिएको अन्तिम प्रयासको रूपमा त्यो पत्रकार सम्मेलनको रुपमा व्यक्त भएको कुरा स्पष्ट छ ।

    यो कुनै लुकेको कुरा होइन कि हाम्रो पार्टीका विरुद्ध उनीहरूले विभिन्न फुटपरस्त अभियान चलाउँदै आएका थिए र त्यही सिलसिलामा त्यो पत्रकार सम्मेलन भएको छ । उनीहरूको राजनीतिक र सैद्धान्तिक समस्याबारे हामीले विस्तृत रुपले आगामी दिनहरूमा स्पष्ट गर्दै जाने छौँ । तर अहिलेलाई हामीले उनीहरूको पत्रकार सम्मेलनबाट कोही कसैलाई भ्रम नहोस् भन्ने स्पष्ट गर्दछौँ ।

    लामो समयसम्म चुनाव उपयोग गरेका कारणले र जनसङ्घर्षको नीति लिएकोले उनीहरुले हाम्रो पार्टीलाई दक्षिणपन्थी बताउँदै आएका थिए । तर आजको आफ्नो पत्रकार सम्मेलनमा भने उनीहरुले चुनावलाई कार्यनीतिक रुपमा र जनसंघर्षको बाटो नै अहिलेको आफ्नो कार्यक्रम हुने बताएका छन् ।

    यसबाट उनीहरूको क्रान्तिकारी लफ्फाजीको पर्दाफास हुन पुगेको छ । उनीहरूमा आत्मकेन्द्रित, महत्वाकांक्षा र नेतृत्वको कुण्ठाका कारणले पार्टीमा फुटपरस्तको बाटो लिएको कुरा छर्लङ्ग भएको छ ।’

    मङ्गलबार, मङि्सर १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.