• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘इकोनोमिक हिरो’लाई खै सुरक्षा र सम्मान


  •   सोमबार, मङि्सर १३, २०७८ मा प्रकाशित
  • कालिका खड्का, काठमाडौं ।
    कालिञ्चोक गाउँपालिका–२, दोलखा बाबरेका ३५ वर्षीय प्रेम थामी ११ वर्षदेखि वैदेशिक रोजगारीका सिलसिलामा युनाइटेड अरब इमिरेट्स (दुबई) मा हुनुहुन्छ ।

    Advertisement

    उहाँलाई म्यानपावर कम्पनीले रङरोगन कम्पनीमा काम गर्ने भनेर पठाएकामा रसायन कम्पनी पो रहेछ । तलब रु ४५ हजार बराबर दिइने भनेर नेपालबाट पठाइएकामा उनलाई त्यहाँ जम्मा रु २० हजार मात्र दिइयो ।

    ‘नेपालबाट एउटा काम भनेर पठाउँछन्, यता अर्कै काम हुन्छ, यस्तो भएर कति नेपाली अलपत्र परेका हुन्छन्’, उहाँले श्रमिकका पीडा सुनाउँदै भन्नुभयो, ‘किन आको’ त काम गर्न भनेर गाली पो गर्छन्, पीडितको त कुरै सुन्दैनन्, एनआरएनका नेताको मात्र कुरा सुन्छन् ।’ एउटा काम भनेर गएर अर्को काम गर्दा मजदुरलाई सुरक्षा नभएको उहाँको अनुभव छ ।

    ‘खतराखतरा काम तल्लास्तरको श्रमिकले गर्नुपर्छ’, उहाँले श्रमिकका दुःख सुनाउँदै भन्नुभयो, ‘काम सुरक्षित हुँदैन, चोट लाग्दा कति कम्पनीले उपचारसम्म गर्दैनन् ।’ विसं २०६८ मा रु एक लाख तिरेर बिदेसिनुभएका थामीलाई शुुरुका दिनमा कस्ताकस्ता व्यवहार र दुःख सहनुप¥यो, भनी साध्यै छैन । गाडी बनाउने रसायन कम्पनीमा काम सिक्दै, गर्दै जाँदा अहिले ११ वर्षमा उहाँको तलब रु ८९ हजार बराबर पुगेको छ । अहिले उहाँलाई तलब त ठीकै जस्तो लाग्छ तर लामो समय परिवारबाट अलग हुनाको पीडाले छुन्छ ।

    ‘विदेशमा आएर सुरुसुरुमा धेरै दुःख भयो, खान, बस्न, पैसा कम, अहिले तलब ठीकै छ’, उहाँले थप्नुभयो,‘कहिले आमाबुबाको सम्झनाले भक्कानिन्छु, कहिले श्रीमती र छोरी सम्झेर रुन्छु, विदेशमा बस्दा परिवारको साह्रै याद आउँछ ।’ युएइमा कतिपय कम्पनीबाट नेपालीले दुःख पाएको र त्यहाँस्थित नेपाली दूतावासमा हारगुहार गरेको थामीले देख्नुभएको छ । नेपाली दूतावासले पीडितका भन्दा गैरआवासीय नेताहरूको मात्र कुरा सुन्ने गरेको गुनासो उहाँ गर्नुहुन्छ ।

    युएइमा श्रम अदालतले श्रमिकका पक्षमा बोल्छ तर कतिलाई अन्याय भएमा न्यायका लागि श्रम अदालत जानुपर्छ भन्ने पनि थाहा हुँदैन । ‘नेपालमा पासपोर्ट बनाउन त्यतिकै तनाव, दुई÷तीन दलाल पार गरेर विदेश गइयो’, हाल पनि रोजगारीकै क्रममा विदेशमै रहनुभएका थामीले भन्नुभयो, ‘विदेशमा पनि तल्लोस्तरका श्रमिकलाई भेंडाबाख्राजस्तै व्यवहार गर्छन्, काममा दलाउनुपर्छ भन्ने सोच मात्र छ, एउटा काम भनेर ल्याउँछन्, अर्को काम लगाउँछन् ।’

    वैदेशिक रोजगारीमा जानुभएका थामीको मात्र होइन अन्यले पनि फरक–फरक खालका दुव्र्यवहार सहेका छन् । सिन्धुपाल्चोक, जुगल गाउँपालिका–२ की रोजिता साङ्बो कुवेतबाट फर्किएको एक वर्ष भयो । उहाँ १६ वर्षका उमेरमा घरको आर्थिक समस्याका कारण ओमान जानुभएको थियो । भारतीय नाका हुँदै जाँदा माइती नेपालले फर्कायो । अनि फेरि उहाँ विमानस्थल हुँदै ओमान जानुभयो । घरको काम भए पनि शुरुमा नजान्दा, भाषा नबुझ्दा उहाँले भोगेका पीडा र घरमालिकबाट गरेको व्यवहार असाध्यै दुःखदायी छ । ‘म १६ वर्षको मान्छे, कति न काम गर्न सक्थेँ र? कति पीडा भोगेँ म भन्न सक्दिन’, उहाँले कलिलो उमेरमा कमाउन जाँदा मालिक÷मालिक्नीले गरेको व्यवहार सम्झिएर भक्कानिँदै भन्नुभयो, ‘उनीहरूको भाषामा केके भन्थे, रिसाउँथे, खान नदिने, देख्ने गरी रुन नमिल्ने, म शौचालयमा गएर धेरै बेर रुन्थेँ ।’

    शिक्षाका नाममा नामसम्म लेख्न नआउने साङ्बोलाई त्यस देशको भाषा थाहा थिएन । बाबुआमाको गुजाराका लागि जसरी पैसा कमाएर पठाउने मात्र उद्देश्य थियो । दुई वर्ष बित्दा पनि पैसा दिएनन् । पैसा माग्दा अन्य कामदारलाई चरम यातना दिएको उहाँले देख्नुभएको थियो । ‘मैले काम गर्ने पल्लो घरको महिलाले काम गरेको पैसा माग्दा तातोपानी हातमा खन्याइदिएर दुवै हात जलेको देखेको थिएँ, कहिले आइरनले डामिदिने गरेको देखेको थिएँ, आँखै अगाडि यस्तो देखेपछि म त्यहाँबाट भागेँ, अरू नेपालीको सहयोगमा नेपाल आएँ ।’

    नेपालीका सहयोगमा उहाँ आफ्नो ज्यान जोगाएर खाली हात नेपाल फर्किनुभयो । नेपाल आएपछि बिहे गरेर एउटा छोरी भएपछि छाडेर राम्रो काम पाउने आशामा उहाँ कुवेत जानुभयो । उहाँ त्यहाँ चाहिँ आफन्तले बोलाएर एजेण्टमार्फत जानुभएको थियो । घरेलु काममा जानुभएका उहाँको हातमा मुसा देखेपछि काम दिन इन्कार गरे । ‘मालिक्नीले जति गाली गर्थिन्, त्यति मबाबुआमा सम्झिएर रुन्थेँ’, आफूले कमाउनुभन्दा पनि दुःख मात्र पाएको सुनाउँदै उहाँले थप्नुभयो, ‘मैले पैसा त के कमाएँ र, धेरै दुःख मात्र पाएँ ।’ चार वर्ष बसेर उहाँ नेपाल आउनुभयो । कमाएको अलिअलि त्यही बेला यहाँ पठाउनुभयो ।

    भाषा नजान्दा र हातमा सीप नहुँदा रोजगारीमा कतिले दुःख पाएका छन् भने कतिपय परिवारबाट बिछोडिएका छन् । धेरै महिलाले चरम यातना सहेका छन् । ‘विदेश गएँ, खाली हात आएँ, श्रीमान्ले पनि छाडेर गए’, उहाँले पनि परिवारसँग अलगिएकामा पीडा सुनाउँदै भन्नुभयो, ‘अब छोरीलाई कसरी पढाउने र आफ्नो गुजारा कसरी चलाउने भन्ने मात्र चिन्ता छ ।’

    पाल्पा, तानसेन–९ का गणेश थापाले साउदी अरबमा सात वर्ष काम गर्दाको कहानी उस्तै छ । अहिले नेपालमै हुनुभएका उहाँले रोजगारीमा जाँदा शुरुमा भनेजस्तो काम पाउनुभएन । विद्यालय सरसफाइ गर्ने काम थियो । ‘पैसा कमाउन विदेश गएको म, त्यहाँ स्कुल सफाइ गर्ने काम पो गरेँ’, उहाँले भन्नुभयो, ‘त्यति कामले मात्र धेरै पैसा नहुनेपछि मैले फेरि धारा बनाउने, बिजुली बनाउने काम पनि सिकेँ ।’ शुरुमा उहाँको रु २४ हजार तलब थियो । घर फर्किँदा उहाँले रु १५ लाख जति ल्याउनुभयो । परिवारबाट टाढिनुभएको पीडा त छँदै थियो, शुरुका दिनमा काम नपाउँदाको दुःख पनि उहाँको छुट्टै थियो ।

    वैदेशिक रोजगारीमा गएर काम गरिरहनुभएका थामी, स्वदेश फर्किएका साङ्बो र थापाको एउटै माग छः स्वेदशमै रोजगारीको व्यवस्था हुनुप¥यो, सानो वा ठूलो काम जे भए पनि त्यसको सम्मान गर्नुप¥यो, विदेशमा रोजगारीका लागि जानुपर्ने भएमा भाषा, सीप र त्यस देशसँग देशले नै श्रम सम्झौता गरेर सरकारले व्यवस्थित रुपमा पठाउनुप¥यो र बाध्यताले विदेश जानुपरेकालाई राज्यले सहज र सरल तरिकाले जान सक्ने वातावरण बनाउनुप¥यो ।

    वैदेशिक रोजगारीमा जानेलाई सरकारले पर्याप्त मात्रामा लगानी गरेको छैन । यसले गर्दा विदेश जानु अगडि नै धेरै व्यक्ति ठगिने गरेका छन् । वैदेशिक रोजगारीका जानकार सोमप्रसाद लुइँटेलले विप्रेषण भित्र्याउनेमाथि राज्यले उचित लगानी नगरेको र तिनको सुरक्षित गन्तव्यका लागि ध्यान नदिएको पाउनुभएको छ ।‘कानून राम्रा छन्, फ्री टिकट तथा भिसाको कुरा छ, जुन रु १० हजार तिरे पुग्छ, तर कार्यान्वयनमा छैन’, उहाँले थप्नुभयो,‘रेमिटेन्समा यतिका देशले हामीलाई सहयोग गरेका छन् तर राज्यले ध्यान दिएको छैन, धेरै नेपाली शुरुमै ठगीमा परेका छन् ।’

    अधिवक्ता लुइँटेलसँग दैनिक कानूनी परामर्श गर्न र ठगीमा परेको गुनासो गर्र्र्र्दै दैनिक आठदश मानिस आउने गरेका छन् । उहाँको ल फर्ममा २० हजारभन्दा बढी ठगीलगायत वैदेशिक रोजगारीका समस्यासम्बन्धी मुद्दा छन् । उहाँले धेरै ठगीमा परेका व्यक्तिका पैसा फिर्ता ल्याउन पहल गर्नुभएको छ । कोभिड–१९ का महामारीका बेलामा रोजगारीमा बिदेसिएका कामदारलाई स्वदेश फिर्ता ल्याउने विषयमा उहाँले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । सर्वोच्च अदालतले २०७७ वैशाख ४ गते तत्काल स्वदेश फर्कने वातावरण बनाउन सरकारलाई अन्तरिम आदेश जारी गरेको थियो । उहाँले विदेशमा रोजगारी नपाएर अलपत्र परेका नेपालीलाई निःशुल्क उद्धार गर्नुपर्ने माग गर्दै पनि रिट निवेदन दायर गर्नुभयो । अदालतले निःशुल्क उद्धार गर्न सरकारका नाममा अन्तरिम आदेश जारी ग¥यो । त्यसअन्तर्गत अलपत्र नेपाली स्वदेश फर्कन पाए ।

    वैदेशिक रोजगारीमा जाने व्यक्तिका समस्याका बारेमा नजिकबाट बुझ्नुभएका अधिवक्ता लुइँटेललाई रोजगारीमा जाने मानिसलाई स्थानीयस्तरबाटै सेवा, सुविधा, सचेतना, सीपमूलक तालिम व्यवस्था गरिएमा अरूबाट ठगिने सम्भावना कम हुन्छ भन्ने लाग्छ । ‘स्थानीयस्तरबाटै सीप सिकाएर, भाषा सिकाएर पठाउने व्यवस्था गर्नुपर्छ, सीप सिकेका दक्ष व्यक्तिलाई मात्र पठाउनुपर्छ’, उहाँले थप्नुभयो, ‘कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ, ठगी गर्ने म्यानपावरलाई कडा कानुनअनुसार कारबाही गर्नुपर्छ, अनि वैदेशिक रोजगारी सुरिक्षत हुन्छ ।’

    अधिवक्ता लुइँटेल काम गर्ने जाने श्रमिकलाई राज्यले नै सम्मान गर्नुपर्छ भन्नेमा जोड दिनुहुन्छ । ‘दुःखका बेलामा, विपद्मा त्यही खाडीमा गएकाहरूले सहयोग गर्छन्, ती त देशको अर्थतन्त्रका पिलर हुन् नि’, उहाँले थप्नुभयो, ‘रोजगारीमा जानेले जे जहाँ पनि दुःख नै दुःख पाएका छन्, त्यो वातावरण हुन नदिन राज्यले नै हेर्नुपर्छ ।’

    वैदेशिक रोजगार ऐन २०६४ आएपछि अहिले संस्थागत रूपमा विश्वका ११० र व्यक्तिगत रूपमा १७२ मुलुकका लागि श्रम स्वीकृति दिइएको छ । महामारीका बेला आव २०७७÷७८ मा रु नौ खर्ब ६१ अर्ब विप्रेषण आएका कारण अर्थतन्त्रमा ठूलो ठूलो भरथेग भएको छ । ऐन आएपछि वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउनुपर्छ भन्ने मान्यताको विकास भयो । वैदेशिक रोजगार विभागका अनुसार ऐन आएपछि हालसम्म करिब ५५ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिएर धेरै नेपाली जाने मुलुकमा मलेसिया, कतार, साउदी अरेबिया र युएई पर्छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्कानुसार आव २०७७÷०७८ मा रु नौ खर्ब ६१ अर्ब विप्रेषण भित्रिएको छ । त्यसअघि आव २०७६÷०७७ मा रु आठ खर्ब ६१ अर्ब भित्रिएको थियो ।

    केन्द्रीय तथ्याङ्कक विभागअनुसार विप्रेषणको उपयोगको अवस्था हेर्दा दैनिक गुजारा ७८।९ प्रतिशत छ । त्यस्तै ऋण तिर्न ७।८, घरायसी सामान खरिद ४।५, शिक्षामा ३।५, पुँजी निर्माण २।५ र बचत ०।६ र प्रतिशत छ ।

    श्रमको सम्मान गर्ने देशमा रोजगारीमा जानेलाई ‘रेमिट्यान्स हिरो’को संज्ञा दिइन्छ, नेपाल सरकार यति रेमिटेन्स भित्रियो भनेर खुशी मान्छ तर त्यसका लागि उचित लगानी गर्दैन । कामअनुसारको सीप सिकाउने, देशअनुसारको भाषा सिकाउने, सरल तरिकाले राहदानी बनाउने व्यवस्था गरेको देखिँदैन । वैदेशिक रोजगार बोर्डले विदेश जाने व्यक्तिलाई सीपमूलक तालिम दिने र उद्धार गर्ने काम गरिरहेको छ तर पर्याप्त छैन ।

    ‘वैदेशिक रोजगारीमा गएका व्यक्तिले देशलाई समस्या परेको बेलामा खाई नखाई अक्सिजनको सिलिन्डरसम्म पठाए’, वैदेशिक बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले भन्नुभयो,‘बोर्ड श्रमिकलाई सरल र सहज ढङ्गले सहयोग गर्न सकिन्छ भनेर लागिरहेको छ ।’ बोर्डले दिनुपर्ने रकम स्थानीय तहमै खातामा र बिमाको पैसा एकमुष्ट पठाइने गरेको जानकारी उहाँ दिनुहुन्छ ।

    सोमबार, मङि्सर १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.