गणेश अधिकारी,पोखरा ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध आन्दोलनरत विभिन्न ६ विद्यार्थी संगठनले कास्कीमा सडक बहस कार्यक्रम गरेका छन् ।
विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थ, एलपी ग्यास लगायत दैनिक उपभोग्य सामग्रीमा अत्यधिक कर लगाइएको भन्दै पोखराको मानव अधिकार चोकमा विभिन्न सरोकारवाला बीच सडक बहस कार्यक्रम गरेका हुन् ।
बहस कार्यक्रममा विभिन्न दलका जिल्ला नेताहरु, मजदुर संगठनका नेताहरु। उपभोक्ता मञ्च, यातायात व्यावसायी, पत्रकार, जिल्ला प्रसाशन, आयल निगम र विद्यार्थी संगठनका केन्द्रीय नेताहरुलाई आमन्त्रण गरिएको थियो ।

कार्यक्रमा बोल्दै अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीले पेट्रोलियम पदार्थमा अत्यधिक कर लगाएर मूल्य आकासिएको भन्दै अबिलम्ब मूल्य वृद्धि फिर्ता लिनुपर्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन अखिल (छैठौं) कास्कीका अध्यक्ष सोमनाथ अधिकारीले गर्नु भएको थियो ।
पेट्रोलियम पदार्थको बढेको मूल्य घटाउन माग गर्दै अखिल (छैठौं) अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, वैद्य निकट अखिल क्रान्तिकारी र विप्लव निकट अखिल क्रान्तिकारीले संयुक्त आन्दोलन गरिरहेका छन्।