काठमाडौं । नेपाली कांग्रेसको जिल्ला अधिवेशन अन्तर्गत प्युठानमा मतगणना स्थलमा झडप भएको छ ।
त्यसक्रममा प्रहरीले गोली चलाएको स्थानीयले बताएका छन् । मतगणनामा पौडेल–सिटौला पक्षका जिल्ला सभापतिका उम्मेदवार विष्णुकुमार गिरीले अग्रता लिएपछि सभापति शेरबहादुर देउवा पक्षका युवाहरुले ढुंगामुडा गरेका हुन्।
मतगणनास्थलमा आक्रमण गर्न थालेपछि प्रहरीले ७ सेल अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका निरीक्षक देविप्रसाद गैरेले बताउनुभयो । ‘गोली चलाइएको होइन, स्थिति नियन्त्रणमा लिन अश्रुग्यास चलाएको हो’, उहाँले भन्नुभयो ।
झडपका क्रममा केही कार्यकर्ता र प्रहरी गरी ७ जना घाइते भएका छन्। घाईलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।
देउवा पक्षबाट शिव रिजाल र पौडेल–सिटौला पक्षबाट गिरी जिल्ला सुभापतिका लागि चुनावी मैदानमा छन्। पौडेल पक्षले लगभग जित शुनिश्चित भएपछि आक्रमण भएको बताएको छ।