काठमाडौं । मनकामना दर्शन प्रा. लि. द्वारा सञ्चालित नेपालकै पहिलो केबलकार २३ औँ वर्षमा प्रवेश गरेको छ ।
Advertisement
मंसीर ८, २०५५ सालबाट नियमित सञ्चालनमा आएको केबलकार २३ वर्ष पुरा गरी २४ औं वर्षमा प्रवेश गरेको हो । केबलकारले हालसम्म करीव १ करोड ६० लाख यात्रु तथा भक्तजनहरूलाई सेवा प्रदान गरिसकेको जनाएको छ ।
सञ्चालन पश्चात् मनकामना क्षेत्र र यस आसपासका क्षेत्र एक प्रमुख पर्यटकीय गन्तब्य बनेको छ । सञ्चालन २४ वर्षमा प्रवेश गरेको अवसर साथै प्रविधि पुरानो हुँदै गएको अवस्थामा यही आ.व. २०७८’७९ बाट केवुलकारको प्रविधिको स्तरोन्नति समेत गरिने कम्पनीले जनाएको छ।
यस्तै, मनकामना टप स्टेसनसँगै करिब ९ रोपनी क्षेत्रफलमा ४० कोठे सुविधायुक्त रिसोर्ट पनि सञ्चालन गर्न लागिएको कम्पनीले जानकारी दिएको छ ।