दैलेख । राष्ट्रिय जनमोर्चाले दैलेखको भगवती माई गाउँपालिका अन्तर्गत बेस्तडामा कोण सभा सम्पन्न गरेको छ । देशको समसामयिक अवस्थाका बारेमा स्पष्ट गर्न कोणसभाको आयोजना गरिएको हो ।
Advertisement
राष्ट्रिय जनमोर्चा भगवतिमाई गाउँ समितिको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि राजमो केन्द्रीय उपाध्यक्ष जनकराज शर्मा हुनुहन्थ्यो ।
कार्यक्रममा केन्द्रीय सदस्य गिरीप्रसाद बुढाले समसामयिक बिषय र पार्टीले खेलेका भूमिकाबारे सम्बोधन गर्नुभएको थियो ।
त्यस्तै, गाउँपालिकामा भएका विकृति, विसंगति र भ्रष्टाचार लगायतको विषयमा राष्ट्रिय जनमोर्चाका जिल्ला सहसचिव नरबहादुर सिंहले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य जनक रेग्मीले गर्नुभएको थियो ।