काठमाडौं । नेपाल बार एसोसिएसनले सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाएको छ । सोमबार सभामुख सापकोटाको कार्यकक्षमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको टोलीले ज्ञापन पत्र बुझाएको हो।
Advertisement
भेटमा बारका कानुन व्यवसायीहरुले सर्वोच्चमा जारी आन्दोलन तथा न्याय क्षेत्रका बेथितीहरुको बारेमा चर्चा समेत गरेका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलन गरिरहेको बारले आन्दोलनप्रति संसदको ध्यानाकर्षण गराउन सभामुख सापकोटालाई ज्ञापन पत्र बुझाएको जनाएको छ।