काठमाडौं । प्रगतिशील पत्रकार संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलन आगामी फागुन २७ र २८ गते दाङमा हुने भएको छ । संघको यही मंसिर १ र २ गते रुपन्देहीमा सम्पन्न केन्द्रीय समितिको बैठकले राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो।
त्यसअघि पुस मसान्तसम्म जिल्ला भेला तथा सम्मेलनहरु सम्पन्न गर्ने र माघमा प्रदेश भेला तथा सम्मेलन सम्पन्न गर्ने निर्णय गरिएको सचिव श्यामलाल पोखरेलले जानकारी दिनुभयो । संघले प्रकाश थापाको संयोजकत्वमा सुमन अधिकारी र उदय जीएम सदस्य रहेको तीन सदस्यीय विधान संशोधन समिति पनि गठन गरेको छ ।
बैठकले लुम्बिनी प्रदेश सरकारले ल्याउन लागेको तर विचाराधिन रहेको सञ्चार विद्येयक को विरोध गर्दै प्रेस स्वतन्त्रताको ग्यारेन्टी हुने खालको विधेयक ल्याउन माग गरेको छ।
प्रगतिशील पत्रकार संघ, नेपालका अध्यक्ष उदय जीएमको अध्यक्षता र रराष्ट्रिय जनमोर्चाका नेता कृष्ण अधिकारीको आतिथ्या सम्पन्न बैठकले केही महिनाअघि सम्पन्न पत्रकार महासंघको तीनै तहका निर्वाचनबारे समिक्षा गरिएको थियो ।