काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री र उपसहायक मन्त्रीले आगामी डिसेम्बर १४ सम्म अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी संसदबाट पास नगरे फिर्ता लैजाने चेतावनी दिएका छन् ।
शुक्रबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एमसीसी बारे निर्णय गर्न डिसेम्बर १४ सम्मको समयसीमा दिएका हुन् ।
‘एमसीसीको विषयबारे तपाईँहरुले छिटो निर्णय गर्नुभएन भने हामी फिर्ता लैजान्छौं,’ लुले प्रचण्डलाई भनेको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘अरु देशले मागेका छन्, तपाईहरुलाई धेरै कुर्न सक्तैनौं, डिसेम्बर १४ सम्म यसबारे निर्णय भसदेओस् ।’
जवाफमा प्रचण्डले एमसीसीको डकुमेन्टमा परिवर्तन गरिएको विषयलाई स्वीकार गर्न गाह्रो परेको र राष्ट्रिय सहमति नबनी निर्णय गर्ने बताएको स्रोतले जनायो ।
एमसीसीको सुरुको जुन डकमुमेन्ट छ त्यसमा पछि परिमार्जन गरेर संसदबाट पास गर्ने लगायतका विषय राखिएको रहेछ यसले शंका जन्मायो,’ प्रचण्डले लुलाई भने, ‘त्यो विषयमा तपाईँहरुबाट प्रष्ट धारणा आउनुपर्छ । हामी रराजनीतिक दल, नागरिक समाज, बुद्धिजीवि र पत्रकार लगायतसबेसँग छलफल गछौं र राष्ट्रिय सहमति बनाएर जानकारी दिन्छौं ।’
प्रचण्डले वैदेशिक सहयोग लिने कुरामा नेपाल सधैँ तयार रहेपनि सर्तसहित सहयोग लिने कुरा भने गर्न नसकिने बताएको स्रोतले दाबी ग-यो ।
‘हामी सबैदेशसँग सहयोग लिन्छौं, हामीलाई जसले गरेको सहयोग पनि स्वीकार छ तर, सर्त राखिएपछि समस्या हुन्छ त्यसले राष्ट्रिय सहमति नजुटाई अघि बढ्नु राम्रो होइन,’ प्रचण्डले लुलाई दिएको जवाफबारे स्रोतले भन्यो ।
सहायक विदेशमन्त्री लु सहितको टोली बुधबार तीनदिने नेपाल भ्रमणको लागि नेपाल भ्रमणमा आएको हो । टोलीले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको थियो । यस्तै, सो टोलीले विपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेर एमसीसी के गर्नुहुन्छ भनी प्रश्न गरेका थिए । जवाफमा ओलीले सत्तारुढा दलहरुले धारणा सार्वजनिक गरेपछि नै आफ्नो तर्फबाट जवाफ दिने बताएको एमालेका एक नेताले बताए ।