काठमाडौं । कतार भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले घरेलु टिमविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कप्तान रुविना क्षत्री र सरस्वती कुमारीको उत्कृष्ट प्रदर्शनमा नेपालले एक खेल अगावै घरेलु टोली विरुद्धको टि ट्वान्टी अन्तर्राष्टिय सिरिज आफ्नो पक्षमा पारेको हो ।
बुधबार भएको दोस्रो खेलमा कतारलाई ६१ रनले पराजित गर्दै ऐतिहासिक जित निकालेको हो । नेपालले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको कतार निर्धारित १९ दशमलव ३ ओभरमा ६८ रनमा अलआउट भयो ।
दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २९ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि कप्तान रुविना क्षेत्रीले अर्धशतक प्रहार गरिन् । यसअघि मगंलबार भएको पहिलो खेलमा नेपालले कतारलाई १ सय १९ रनको फराकिलो अन्तरले हराएको थियो।

नेपाल र कतारबीचको तेस्रो खेल बिहीबार हुनेछ । आइसिसी वुमन्स टि–२० एसिया छनोटको तयारीका लागि नेपालले कतारसँग तीन टि२० आई सिरिज खेलिरहेको छ । सिरिजपछि नेपाली टोली शुक्रबार युएईतर्फ जानेछ ।