काठमाडौं । नेपालबाट एक वर्षमै ११ हजार भन्दा धेरै विद्यार्थी अमेरिका पढ्न गएका छन् । सन् २०२१ मा ११ हजार भन्दा बढी नेपाली विद्यार्थी अमेरिका अध्ययनका लागि गएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
Advertisement
अमेरिकाले मंगलबार सार्वजनिक गरेको ‘ओपन डोर्स रिपोर्ट अन इन्टरेनसनल एजुकेसन एक्सचेन्ज’ नामक प्रतिवेदनका अनुसार कोरोना महामारीका बाबजुद सन् २०२१ मा ११ हजार १७२ जना नेपाली विद्यार्थी अमेरिका पढ्न गएको तथ्यांंक छ ।
उक्त प्रतिवेदनका अनुसार धेरै अन्तर्राष्ट्रिय विद्यार्थी अमेरिका पठाउने विश्वका मुलुकको सूचीमा नेपाल बाह्रौँ स्थानमा परेको छ ।
नेपाली विद्यार्थीका लागि अमेरिका लोकप्रिय गन्तब्य रही आएको छ। सन् २०२१ मा विश्वका विभिन्न मुलुकबाट गरी ९ लाख १४ हजार विद्यार्थी अमेरिका पढ्न गएको रिपोर्टमा उल्लेख छ ।

