जनकपुरधाम । सर्लाहीका दुईजना वडा सदस्य एक लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
Advertisement
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इश्वरपुर नगरपालिका वडा नं. ११ का वडा सदस्यद्वय सोनेलाल साह र उमेश राय १ लाख ५० हजार घुस रकमसहित सोमबार पक्राउ गरेको हो ।
ढलान सम्बन्धी काम सम्पन्न पश्चात उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरिदिएवापत घुस १ लाख ५० हजार सेवाग्राहीबाट लिएको आयोगले जनाएको छ । आयोगको बर्दिवास कार्यालयबाट खटेको टोलीले दुवैजनालाई नियन्त्रणमा लिएको हो ।
घुस लिइसकेको अवस्थामा सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ७ स्थित सोनेलाल साहको कृष्ण इन्टरप्राइजेजबाट उक्त रकमसहित दुवैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।