काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ मुख्यमन्त्री कार्यालयले भ्रष्टाचार गरेको ठहर गरेको छ ।
Advertisement
प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत भएको साइकल खरिदमा भ्रष्टाचार देखिएको अख्तियारले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख कृष्णप्रसाद सापकोटाले प्रारम्भिक चरणको अनुसन्धानमा भ्रष्टाचार भएको देखिएको बताउनुभयो ।
जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले प्रारम्भिक अनुसन्धानमा भ्रष्टाचार देखिएको भन्दै थप अनुसन्धान भइरहेको बताउनुभयो ।
गएको असोज १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेर साइकल खरिद सम्बन्धी कागजात नियन्त्रणमा लिएको थियो ।
अख्तियारको सो कदमलाई प्रदेश २ सरकारले संघीयता कमजोर बनाउने खेल भन्दै विरोध गरेको थियो ।





