• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कञ्चनपुरमा रु एक अर्बभन्दा बढीको क्षति


  •   आइतबार, कार्तिक २८, २०७८ मा प्रकाशित
  • काञ्चनपुर । गत असोजको अन्तिम साता परेको अविरल वर्षाका कारण आएको बाढीले कञ्चनपुरमा रु एक अर्बभन्दा बढीको बालीनालीमा क्षति पु-याएको छ ।

    Advertisement

    बाढीका कारण रु एक अर्ब १२ करोड १४ लाख ७० हजार मूल्य बराबरको बालीनालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । केन्द्रका अनुसार ६७ हजार ७८० हेक्टर क्षेत्रफलमा लगाइएको बालीनालीमध्ये बाढीका कारण १२ हजार ५४९ क्षेत्रफलमा क्षति पुगेको छ ।

    सबैभन्दा बढी धानखेतीमा क्षति भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका अधिकृत रणबहादुर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार धानखेती हुने ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमध्ये १२ हजार १२४ हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति पुगेको छ । ‘लामो समयसम्म पानी पर्दा खेतमा काटेर राखिएको धानमा समेत क्षति पुग्यो’, उहाँले भन्नुभयो, ‘पूरै धान उम्रिएर कामै नलाग्ने भएपछि किसान बिचल्लीमा परेका छन ।’

    केन्द्रका अनुसार किसानले महँगोमा खरिद गरिएको आलुबाली रोपेर सकेका मात्रै थिए । त्यसै बेला आएको निरन्तरको पानीले पूरै खेतबारी डुवानमा पार्दा आलुबालीमा निकै ठूलो क्षति पुग्यो । रोपेका आलुका दाना सबै कुहिएपछि उम्रन पाएनन् । आलु बालीमा रु ३२ करोड ८८ लाख ८० हजारको क्षति पुगेको छ । आलुखेती हुने क्षेत्रफल दुई हजार हेक्टरमध्ये ८० हेक्टरमा क्षति पुगेको छ ।

    तरकारी बालीमा रु ५८ लाख ६४ हजारको क्षति पुगेको छ । तरकारी रोप्ने क्रमसँगै बेमौसमी तरकारी बजारमा बेच्नका लागि तयार हुँदै गरेका बेला परेको पानीले तरकारीखेती लगाउने दुई हजार ६५० हेक्टरमध्ये १०७ हेक्टर क्षेत्रफलमा क्षति पुगेको अधिकृत मल्ले बताउनुभयो । उहाँका अनुसार तोरीबाली उम्रने क्रममै रहेका बेला परेको पानीले रु दुई करोड ६२ लाखको क्षति भएको छ । खेती हुने आठ हजार ५९९ क्षेत्रफलमध्ये १३१ क्षेत्रफलमा क्षति पुगेको छ ।

    निरन्तरको पानीसँगै आएको हावाहुरीले केराका बोट ढाल्दा किसानलाई निकै ठूलो क्षति भएको छ । केराखेतीमा रु दुई करोड ७७ लाख २० हजार बराबरको क्षति पुगेको छ । केराखेती हुने क्षेत्रफल ४१० मध्ये ४४ हेक्टरमा लगाइएको केरा खेतीमा क्षति पुगेको केन्द्रले जनाएको छ । त्यस्तै हावाहुरीले उखुका बोट ढल्दा रु एक करोड ५७ लाख ५० हजारको क्षति भएको छ । उखुखेती हुने पाँच हजार ६२५ हेक्टरमध्ये ६३ हेक्टर क्षेत्रफलमा क्षति पुगेको बताइएको छ ।

    क्षतिको विवरण कृषि ज्ञान केन्द्रका कर्मचारीले फिल्ड अनुगमन गरी र स्थानीय तहका कृषि शाखाका प्रमुख, कृषि प्राविधिक, किसानसँग सम्पर्क गरी सङ्कलन गरिएको हो । बालीनालीमा क्षति व्यहोरेका किसानलाई क्षतिपूर्ति दिनका लागि स्थानीय तहले स्थलगत रुपमा कर्मचारी र जनप्रतिनिधिको टोली खटाइ क्षतिको विवरण सङ्कलन गर्ने कार्यसँगै फाराम भर्ने कार्य गरेका छन् ।

    स्थानीय तहले क्षतिको विवरण फर्मेट अनुसार भरेर आएपछि कम्पाईल गरी एकमुष्ट रुपमा सम्बन्धित निकायमा क्षतिपूर्तिका लागि पठाइने कृषि ज्ञान केन्द्रले जनाएको छ ।(रासस)

    आइतबार, कार्तिक २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.